पत्रकार भुसालको निधन रहस्यमय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
पत्रकार भुसालको निधन रहस्यमय

सारांश

  • काठमाडौँ, पुस ६ ।
  • पत्रकार तीर्थराज भुसालको निधनको घटना रहस्यमय देखिएको भन्दै छानबिनका लागि माग गरिने भएको छ ।
  • शिक्षा पत्रकार समूहका कार्यसमिति सदस्य एवं नवलपुर एफएमका प्रबन्ध निर्देशक भुसालको गत मंसिर १४ गते नवलपुरको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका क्रममा ललितपुरको मेडिसिटीमा मंसिर २३ गते निधन भएको थियो ।

काठमाडौँ, पुस ६ । पत्रकार तीर्थराज भुसालको निधनको घटना रहस्यमय देखिएको भन्दै छानबिनका लागि माग गरिने भएको छ ।

शिक्षा पत्रकार समूहका कार्यसमिति सदस्य एवं नवलपुर एफएमका प्रबन्ध निर्देशक भुसालको गत मंसिर १४ गते नवलपुरको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका क्रममा ललितपुरको मेडिसिटीमा मंसिर २३ गते निधन भएको थियो ।

भुसालको १३औँ दिनको स्मृतिमा आज आयोजित शोकसभामा समूहका केन्द्रीय अध्यक्ष दीपक दाहालले आफ्नो टोलीसँग भुसालको परिवारले घटना रहस्यमय देखिएकाले निष्पक्ष छानबिनमा सघाउन आग्रह गरेकाले त्यसका लागि संस्थामार्फत थप पहल हुने बताए ।

भुसालले चलाएको मोटरसाइकलमा कुनै क्षति नभएको, पछाडि बस्ने व्यक्तिलाई पनि केही नभएको तथा कुन गाडीले ठक्कर दिएको भन्ने समेत हालसम्म किटान नभएको पाइएको छ । घटनाबारे प्रहरीले छानबिन गरिरहेको जनाइएको छ ।

अध्यक्ष दाहालले भुसालको स्मृतिमा समूहले शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने पनि बताए ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनका संस्थापक प्रिन्सिपल डा मञ्जु मिश्रले भुसाल आफ्नो असल र मेहनती विद्यार्थी भएको स्मरण गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?