श्रीलङ्का आक्रमणः मृत्यु हुनेको संख्या ३५९ पुगेको प्रहरीको भनाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
२४ पटक हेरिएको
Shares
श्रीलङ्का आक्रमणः मृत्यु हुनेको संख्या ३५९ पुगेको प्रहरीको भनाई

सारांश

  • कोलम्बो, ११ बैशाख ।
  • श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर चर्चमा गत आइतबार भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३५९ जना पुगेको प्रहरीले जनाएको छ ।
  • मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।

कोलम्बो, ११ बैशाख । श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर चर्चमा गत आइतबार भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३५९ जना पुगेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली बिस्फोट भएको थियो ।

बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि मङ्गलबार राति सञ्चारकर्मीसँग कुरा गर्दै देशको सुरक्षा संयन्त्रले घटनामा विदेशी संलग्नताको आशङ्का गरेको र केही तथ्य प्रमाणले त्यही देखाएको बताउनुभयो ।

गएराति पनि श्रीलङ्काली प्रहरीले खोज अभियान सञ्चालन गरेको र त्यसक्रममा १८ जनलाई नियन्त्रणमा लिएको जनाएको छ । हालसम्म करिब ६० जनालाई पक्राउ गरिसकिएको छ ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१३ हजार घुससहित वडा सचिव पक्राउ, गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध
आजदेखि राष्ट्रिय एकद्वार प्रणाली
आजदेखि राष्ट्रिय एकद्वार प्रणाली
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला
संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
युवा संघ र वाइसिएलले शुरु गरे एकीकरणको प्रक्रिया
युवा संघ र वाइसिएलले शुरु गरे एकीकरणको प्रक्रिया
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
अख्तियार घेर्न पुगेका साझा पार्टीका दर्जनौं नेतारकार्यकर्ता पक्राउ
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो
स्थानीयले आत्मालोचना गरेपछि चितवनमा रंगशालाको विवाद मिल्यो

तपाईंले छुटाउनुभयो कि?