मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १, २०७९
|
|
४६ पटक हेरिएको
Shares
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम

सारांश

  • सिन्धुपाल्चोक।
  • मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ।
  • गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो।

सिन्धुपाल्चोक। मेलम्चीमा बाढी आएको एक वर्ष पुगेको छ। गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो धेरै भौतिक सम्पत्ति क्षति भयो।

सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो। बस्ती संरक्षण, स्थानान्तरण र पुनःनिर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन।

गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो।

नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सयौँ स्थानीयवासी विस्थापित भए । उनीहरु हालसम्म अस्थायी टहरामै बस्दैआएका छन् । उनीहरु सुरक्षित वासस्थानको पर्खाइमा छन्।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारबिहीनलाई रु पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ।

बाढीले घरखेत बगाएपछि बेसहारा बनेका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङका आँखा अझै ओभाएका छैनन्। बाढीले उनको घर बगायो भने खेत बगरमा परिणत भयो। उनी हाल सुुकुम्बासी बनेका छन्। “सरकारले घर बनाइदिने आश्वासन दिएको थियो, अझै त्यो हुन सकेको छैन”, उनले पीडा सुनाए।

हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५५१ घर बगाएको थियो। पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए। हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढी पीडित सरकारको बाटो हेरेर बसिरहेका छन्।

हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योति बासको उचित व्यवस्था नहुँदा रोजगारीका लागि कतै निक्सिन सकेका छैनन्। बाढी घर बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठ सुरक्षित बासस्थानकै खोजीमा भौँतारीरहेका छन्। “सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधैं सताउँछ”, उनले भने।

प्राकृतिक विपद्का हिसाबले सिन्धुपाल्चोक देशकै उच्च जोखिममा रहेको जिल्ला हो। गत वर्ष केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्।

“निजी आवास निर्माणको प्रक्रिया अगाडि बढेको छ, केही समस्याका कारण यसमा ढिलाइ भएको छ”, उनले भने। यस्तै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बाढी प्रभावितका लागि छिट्टै काम गर्ने बताउँछन्।

खोलाको अतिक्रमण गरी घरलगायत संरचना निर्माण गर्दा पनि अत्यधिक क्षति भएको हो। मेलम्ची, इन्द्रावती र पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अघि आएको बाढीले बगाएपछि झन समस्या भएको छ। हेलम्बु–७ चनौटेमा नेपाली सेनाको सहयोगमा बेलीब्रिज निर्माणबाट आवतजावतमा सहज भएको स्थानीयवासी बताउँछन्। रासस

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकारमा गजुरेल नियुक्त
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
चीनसँग अन्तरदेशीय प्रशारण लाइन सम्भाव्यता अध्ययनको ६० प्रतिशत काम पुरा
तपाईको आजः साउन २४ गते शुक्रबारको राशिफल यस्तो छ
लगानी सम्मेलन अन्तिम चरणमा : ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना
लगानी सम्मेलन अन्तिम चरणमा : ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
आफ्नै निर्णयबाट किन पछि हट्याे गृह मन्त्रालय ?
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार
द्वन्द्व विश्व शान्तिका लागि समस्या : अध्यक्ष ओली
द्वन्द्व विश्व शान्तिका लागि समस्या : अध्यक्ष ओली
अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `
अछामको रामारोशनको अध्यक्ष र उपाध्यक्ष दुवैमा माअोवादी विजयी `
चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा
चारलेन ठेक्का छिट्टै रद्द हुन्छ : सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मा
तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश
तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश