महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
४९ पटक हेरिएको
Shares
महिलाको भित्री वस्त्र ब्रा र पेण्टीमात्रै चोर्ने अचम्मको चोर

सारांश

  • काठमाडौं, २१ असोज ।
  • चोरको कामै चोर्नु ।
  • तर, चोर पनि अचम्मैका हुन्छन् ।

काठमाडौं, २१ असोज । चोरको कामै चोर्नु । तर, चोर पनि अचम्मैका हुन्छन् । झापाको भद्रपुरमा एकजना यस्तै चोर फेला परेका छन् । चोर फेला परे पनि तिनलाई कस्तो कारवाही गर्ने भनेर प्रहरी आफै अलमलमा पर्यो ।

प्रहरी आफै नै के कारवाही गर्ने भनेर अलमलमा पर्ने ती चोरले चाहिँ महिलाका भित्री वस्त्र (ब्रा र पेन्टी)मात्रै चोर्दा रहेछन् । ब्रा र पेण्टी चोरी गरेको आरोपमा भद्रपुर–४ मन्त्रीचोकका २५ वर्षीय दीपक राजवंशीलाई प्रहरीले पक्राउ गर्यो । तर, के कारबाही गर्ने भन्नेमा प्रहरी आफै अलमल परेपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ ।

भद्रपुर–६ स्थित भानुनगरका घरमा पसेर बिहीबार राति ब्रा र पेन्टी चोरेर भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो । यी युवकले भित्री वस्त्र मात्र चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको वडा प्रहरी भद्रपुरका प्रमुख प्रकाश जबेगूले जानकारी दिए ।

प्रहरीले दिएको जानकारी अनुसार महिलाका भित्री वस्त्र चोरेर सुँघ्ने गरेको उनले बयान दिएका छन् । अन्य सामान चोरी नगरेकाले सचेत गराएर छाडिएको प्रहरीले बताएको छ । उनले बिहीबार साँझ मात्र चार घरबाट भित्री वस्त्र चोरी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?