बझाङ दुर्घटना अपडेट : दुई जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०८०
|
|
३४ पटक हेरिएको
Shares
बझाङ दुर्घटना अपडेट : दुई जनाको मृत्यु

सारांश

  • महेन्द्रनगर ।
  • बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् ।

महेन्द्रनगर । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन् । अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती हुन् ।

रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका डा अरविन्द्र अधिकारीका अनुसार दुर्घटनामा घाइते भएका मन्त्री पत्नी अमृता र भाउजु नाता पर्ने जयादेवीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो ।

“दुवै जनाको उपचारका लागि यहाँ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो”, उनले भने,“शव प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।”

त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमा बाँकेको नेपालगन्ज लगिएको छ । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगन्ज लगिएको डा.अधिकारीले बताए ।

प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा ४०० ले बढ्यो सुनको मूल्य
तोलामा ४०० ले बढ्यो सुनको मूल्य
आउ मलाई सम्भोग गर कविता लेख्ने प्रेमा शाहको प्रेरक जीवनी
आउ मलाई सम्भोग गर कविता लेख्ने प्रेमा शाहको प्रेरक जीवनी
योगीयुगमा उत्तर प्रदेशमा ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’, हजारौं ‘इनकाउन्टर’
योगीयुगमा उत्तर प्रदेशमा ‘अपराधीको स्थान कि जेलमा कि यमराजकोमा’, हजारौं ‘इनकाउन्टर’
देशभर १९ सय ४५ संक्रमित थप
देशभर १९ सय ४५ संक्रमित थप
लाइसेन्स लिन आठ घुमाउनु पर्ने ब्यबस्था खारेज , लाइसेन्स सम्बन्धि नयाँ ब्यबस्था शुरु
लाइसेन्स लिन आठ घुमाउनु पर्ने ब्यबस्था खारेज , लाइसेन्स सम्बन्धि नयाँ ब्यबस्था शुरु
चितवनमा प्रचण्डको अग्रता
चितवनमा प्रचण्डको अग्रता
हिमसागर बस्नेतको ‘गयौ दिलमा आगो झोसेर’ सार्वजनिक
हिमसागर बस्नेतको ‘गयौ दिलमा आगो झोसेर’ सार्वजनिक
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
बालेन शाह र हर्क साम्पाङबीच दोहोरी, शाहमाथि यसरी साम्पाङ ‘फोहोर उठाउन नसक्ने भन्दै नालायकको संकेत
‘संविधानको रक्षाका लागि राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउनुपर्छ’
‘संविधानको रक्षाका लागि राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउनुपर्छ’
काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा
काङ्ग्रेस जस्तो ‘सहिष्णु’ पार्टीले जित्नु पर्छ: विश्वप्रकाश शर्मा