श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन

सारांश

  • पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी ब्रत शुरु भएको छ ।
  • पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ ।
  • पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।

पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी ब्रत शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको ब्रत बसेको र मनोकांक्षा पूर्ण भएपछि उनकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्री स्वस्थानीको ब्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ ।

यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्न महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिने ब्रत समेत बस्ने गर्छन् । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर ब्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरुको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममुलक पौराणिक धर्मग्रन्थ पनि हो ।

श्री स्वस्थानी परमेश्वरीको ब्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि वास हुने विश्वास गरिन्छ । काठमाडौँ उपत्यकाबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहींँ बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्री स्वस्थानीको ब्रत बस्छन् ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कविता
कविता
नेपाल–भारत सम्बन्ध अहिले राम्रो ‘हाईवे’ मा छ : डा. शर्मा
नेपाल–भारत सम्बन्ध अहिले राम्रो ‘हाईवे’ मा छ : डा. शर्मा
सुन तस्करीकाे नयाँ माेड,गोरेकाे नेटवर्कबाट ३ हजार ८ सय केजी तस्करीकाे सुन भित्रिएकाे खुलासा
सुन तस्करीकाे नयाँ माेड,गोरेकाे नेटवर्कबाट ३ हजार ८ सय केजी तस्करीकाे सुन भित्रिएकाे खुलासा
हरितारा चलचित्र पुरस्कार’रेखा थापालाइ
हरितारा चलचित्र पुरस्कार’रेखा थापालाइ
उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट
उदयपुर नेपालटारमा आगलागी हुँदा १ जनाको ज्यान गयो, १२ घर नष्ट
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
सर्वोच्चमा सीआइबीको ’भ्याकेट‘, १७ जनालाई थुन्न पाउनुपर्ने आदेश माग
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक
जस्तोसुकै निर्णय लिन सक्छु ः दाहाल
के भयो जब पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो ?
के भयो जब पाकिस्तानी प्रधानमन्त्रीलाई विमानस्थलमा कपडा खोल्न लगाइयो ?
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
५० वर्षपछि सुक्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री ओली : मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो

तपाईंले छुटाउनुभयो कि?