हरितारा चलचित्र पुरस्कार’रेखा थापालाइ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
हरितारा चलचित्र पुरस्कार’रेखा थापालाइ

सारांश

  • काठमाडौं, २४ असाेज ।
  •  यस वर्षका लागि ‘हरितारा चलचित्र पुरस्कार’ घोषणा गरिएको छ ।
  • पुरस्कारका संरक्षक मनोजशम्सेर जबराको अध्यक्षतामा बसेको वैठकले अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री रेखा थापालाई यस वर्ष पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

काठमाडौं, २४ असाेज । यस वर्षका लागि ‘हरितारा चलचित्र पुरस्कार’ घोषणा गरिएको छ । पुरस्कारका संरक्षक मनोजशम्सेर जबराको अध्यक्षतामा बसेको वैठकले अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री रेखा थापालाई यस वर्ष पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तीन दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्र क्षेत्रमा पु¥याएवापत संग्रौलालाई पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै, दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला र निर्माणमार्फत नेपाली चलचित्र क्षेत्रको संरक्षणमा योगदान पु¥याएवापत अभिनेत्री थापालाई ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ प्रदान गर्ने निर्णय गरीएकाे जनाइएको छ । पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।  त्यस्तै, परिवर्तन नेपालको कार्यसमितिको बैठकले तीन दशकदेखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याएवापत अभिनेता उत्तम केसीलाई र नेपाली रंगपत्रकारितामार्फत योगदान पु¥याएबापत विजय रत्नतुलाधरलाई ‘श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गर्र्नेे निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ ।

यस्तै, अभिनेता तथा निर्देशक रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका शोभिता सिम्खडालाई ‘परिवर्तन सम्मान–२०७५’बाट सम्मान गरिने जनाइएको छ ।पुरस्कार तथा सम्मान तिहारलगत्तै एक समारोहबीच प्रदान गरिने परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाद्धारा प्रेषित बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?