राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २०, २०७६
|
|
१८ पटक हेरिएको
Shares
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक

सारांश

  • बीबीसी ।
  • आफ्नी पत्नी राजकुमारी हाया बिन्त अल हुसेनले आफूलाई छोडेर लण्डन गएपछि दुबईका शासक शेख मोहम्मद अल मकतुमले कविता लेखेर इन्स्टाग्राममा पोष्ट गरेका छन् ।
  • संयुक्त अबर इमिरेट्सको शाही परिवारमा यस्तो हुनु आफैमा अनौठो ठानिएको छ।

बीबीसी । आफ्नी पत्नी राजकुमारी हाया बिन्त अल हुसेनले आफूलाई छोडेर लण्डन गएपछि दुबईका शासक शेख मोहम्मद अल मकतुमले कविता लेखेर इन्स्टाग्राममा पोष्ट गरेका छन् । संयुक्त अबर इमिरेट्सको शाही परिवारमा यस्तो हुनु आफैमा अनौठो ठानिएको छ। राजकुमारी हाया सेन्ट्रल लण्डनको कुनै भवनमा बसिरहेको बताइएको छ। राजकुमारी हाया अक्सर घोडादौडमा भाग लिने गर्थिन्। तर यसवर्षको रोयल एस्कटमा अनुपस्थित थिइन्।

केही सूत्रले बीबीसीलाई बताए अनुसार राजकुमारी हायालाई आफ्नो ज्यान खतरामा परेको त्रास छ र उनी कानुनी लडाइँको तयारी गरिरहेकी छन्।सन् १९७४ मा हायाको जन्म भएको थियो।

उनका बाबु जोर्डनका राजा हुसेन हुन् भने आमा महारानी आलिया अल(हुसेन थिइन्। राजकुमारी हाया तीन वर्षकी हुँदा नै देशको दक्षिणतिर भएको एक हेलिकप्टर दुर्घटनामा उनकी आमाको निधन भएको थियो। राजकुमारी हायाले आफ्नो बाल्यकाल ब्रिटेनमा बिताइन्।

उनलाई दुईवटा निजी विद्यालयमा पढाइ गरेकी थिइन्। त्यसमा ब्रिस्टलस्थित ब्याडमिन्टन स्कूल र डोरसेटस्थित ब्रायन्स्टन स्कूल थिए। त्यसपछि उनले अक्सफर्ड विश्वविद्यालयमा राजनीति दर्शन र अर्थशास्त्र पढेकी थिइन्।

पुरानो अन्तरवार्तामा उनले आफूलाई बाज पाल्ने, शिकार खेल्ने र ठूलो मशिनको सोख रहेको बताएकी थिइन्। त्यसबाहेक जोर्डनमा ठूलो आकारको ट्रक चलाउने लाइसेन्स पाउने आफू एक मात्र महिला रहेको दाबी गरेकी थिइन्। राजकुमारीलाई घोडचढीको सोख छ।

आफू २० वर्षकी हुँदा उनले घोडचढीलाई आफ्नो भावी करिअरको रुपमा चुनेकी थिइन्। सन् २००० को ओलिम्पिक खेलमा घोडचढीमा जोर्डनको प्रतिनिधित्व पनि गरेकी थिइन्। सन् २००४ को एप्रिल १० तारिखका दिन राजकुमारी हायाले दुबईका शासक तथा संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेख मोहम्मदसँग विवाह गरिन्।

त्यसबेला राजकुमारीको उमेर ३० वर्ष थियो भने शेख मोहम्मदको उमेर ५३ वर्षको थियो। राजकुमारी हाया उनकी छैठौँ पत्नी थिइन्। शेख मोहम्मदको अलग अलग पत्नीबाट २३ छोराछोरी रहेको बताइन्छ। राजकुमारी हाया जस्तै शेख मोहम्मद पनि घोडचढीको सोखिन हुन्। उनी घोडा कम्पनी गोडल्फिनका मालिक पनि हुन्।

दुईजनाको बिहे अम्मानमा भएको थियो। बिहेपछि राजकुमारी हायाले कैयौँपटक शेख मोहम्मदसँगको आफ्नो सम्बन्धबारे बोल्दै आफू निकै खुशी रहेको बताउने गर्थिन्। उनले आफुहरूको खुशियालीयुक्त जिन्दगी दर्शाउने पेन्टिङ पनि बनाएकी थिइन्।

इमिरेट विमीन म्यागेजिनको २०१६को अङ्कमा राजकुमारी हायाले शेख मोहम्मदको बारेमा भनेकी थिइन्, ‘उनी हरेक दिन आश्चर्यजनक कामहरू गर्छन्। म उनको यति नजिक रहन पाएकोमा हरेक दिन भगवानलाई धन्यवाद दिन्छु।’ गत वर्ष जब शेख मोहम्मदकी एक छोरी शेखा लतिफाले देश छोडेर भाग्न कोसिस गरिन् त्यसपछि हाया र शेख मोहम्मदबीच फाटो उत्पन्न भएको बताइन्छ।

त्यसबेला संसारभरमा एउटा भिडियो फैलियो जसमा ३३ वर्षीय राजकुमारी शेखा लतिफाले आफ्नो परिवारमा कसैलाई आफ्नो स्वतन्त्रताको अधिकार छैन भनेकी थिइन्। समाचारहरूका अनुसार शेखा लतिफा समुद्री मार्गबाट भाग्न सफल पनि भइन्। त्यसमा उनलाई एक फ्रान्सेलीले सहयोग गरेका थिए।

तर भारतको समुद्री सीमामा रहेका सेनाले उनलाई पक्रेर दुबई फर्काइदिएका थिए। डिसेम्बरमा हायाका केही तस्बिर प्रकाशित भए जसमा उनी आयरल्याण्डकी पूर्व राष्ट्रपति मेरी रबिन्सनसँग बसेको देखिन्छ। त्यसबेला दुबई प्रशासनले घर छोडेर भागेकी शेखा लतिफा अरु देशमा भए उत्पीडनको शिकार हुन सक्ने थिइन् भन्दै अहिले दुबईमा सुरक्षित रहेको बताएको थियो।

यो घटनापछि राजकुमारी हायाले यो सम्बन्धमा कैयौँ नयाँ कुरा थाहा भएको र उनका पतिले उनीमाथि दबाब बढाउन शुरु गरेको बताइन्छ।राजकुमारी हायाका नजिकका सूत्रहरूले बीबीसीलाई बताए अनुसार दबाब बढ्दै जाँदा उनी ब्रिटेन भन्दा पहिले जर्मनी पुगेकी थिइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघ युरोप शाखाले जनसम्पर्क समिति बेल्जियमको समाचार बहिष्कार गर्ने
पत्रकार महासंघ युरोप शाखाले जनसम्पर्क समिति बेल्जियमको समाचार बहिष्कार गर्ने
जापानी राजाद्वारा गद्दीत्याग : मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात
जापानी राजाद्वारा गद्दीत्याग : मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात
अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रधानमन्त्री ओलीको चुनौती, फेरि दुई तिहाई ल्याउने दाबी
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
नेपालको विदेश नीति र  अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
राष्ट्रियसभा निर्वाचन सम्पन्‍न नभएसम्म एमालेको यस्तो उर्दी !
राष्ट्रियसभा निर्वाचन सम्पन्‍न नभएसम्म एमालेको यस्तो उर्दी !
कोरोना भाईरस संक्रमितका लागी बिमा गराउदै आइएमाई जनरल इन्स्युरेन्स
कोरोना भाईरस संक्रमितका लागी बिमा गराउदै आइएमाई जनरल इन्स्युरेन्स
सवारीको ठक्करबाट थारुको मृत्यु
सवारीको ठक्करबाट थारुको मृत्यु
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?
किशोरी बलात्कारका अभियुक्त श्रेष्ठ किन आफै पुगे प्रहरी खोज्दै ?

तपाईंले छुटाउनुभयो कि?