सहवासका बेला यौनांग भाँचिएपछि….
सारांश
- काठमाडौं, १८ असार ।
- सहवासलाई एडभेन्चर ठानेर तरह तरहका आसनमा जोडतोडका साथ सहवास गर्ने हुँदा एक पुरुषले नराम्रो परिणा भोग्नुपरेको छ ।
- असजिलो आसनका साथ आफ्नी प्रेमिकासँग सहवास गर्दा ती पुरुषको लिंग नै भाँचियो र उनलाई अस्पताल कुँदाउनुपर्यो ।
काठमाडौं, १८ असार । सहवासलाई एडभेन्चर ठानेर तरह तरहका आसनमा जोडतोडका साथ सहवास गर्ने हुँदा एक पुरुषले नराम्रो परिणा भोग्नुपरेको छ । असजिलो आसनका साथ आफ्नी प्रेमिकासँग सहवास गर्दा ती पुरुषको लिंग नै भाँचियो र उनलाई अस्पताल कुँदाउनुपर्यो ।घटना भियतनामको हो । डाक्टरहरुका अनुसार ती पुरुषको लिंग फेँदबाटै भाँचिएको छ ।
यसरी फेँदबाटै यौनांग भाँचिनु निकै दुर्लभ घटना भएको भन्दै हु चि मिन्ह सहरस्थित अस्पतालका डाक्टरहरु पनि अचम्ममा परेका छन् ।५९ वर्षका ती वयस्कले आफ्नी प्रेमिकासँग निर्वस्त्र भई जोडतोडका साथ सहवास गरिरहेका थिए । चरम आनन्दमा लिप्त भैरहेको बेला उनको यौनांगमा केही टुटेको जस्तो सानो आवाज उनले सुने र त्यसपछि असह्य पीडा हुन थाल्यो ।
उक्त मानिसको पहिचान खुलाइएको छैन । अस्पताल ल्याइसक्दा ती पुरुषको यौनांग निकै सुन्निएको र चम्किलो वैजनी रंगको भैसकेको थियो । फेँदबाटै भाँचिएको उनको यौनांगलाई डाक्टरहरुले बल्लतल्ल शल्यक्रिया गरी जोड्न सफल भएका छन् । अहिले उनको उपचार भइरहेको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया