नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ६, २०८१
|
|
२० पटक हेरिएको
Shares
नेपाल प्रिमियर लिगको उपाधि जनकपुरलाई

सारांश

  • काठमाडौं ।
  • पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ।
  • फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो।

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ।

फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो। जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गर्‍यो।

सुदूरपश्चिमले दिएको एक सय ८५ रनको लक्ष्य जनकपुरले ओभरमा विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले शानदार ब्याटिङ गरे।

उनले सर्वाधिक ८७ रन बनाए। ४९ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर आसिफ शेखले १९ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए। हर्ष ठाकेरले रन बनाए।

सुदूरपश्चिमका लागि सेफ जैब, स्कट कुगेलिन, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेयले समान एक एक विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूपश्चिमले निर्धारित २० ओभरमा  ९ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो। सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारी र सेफ जैबले राम्रो सुरुवात गरेका थिए।

उनीहरुले पहिलो विकेटका लागि एक सय १७ रनको साझेदारी गरे। अर्धसतक प्रहार गरेका जैब ६९ रन बनाएर आउट भए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे।

भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए। यस्तै ब्राण्डन म्याकमुलेन र हरमित सिंहले समान १४ १४ रन बनाए। स्कट कुगेलिनले १३ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ८ रन बनाएर आउट भए।

जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन तीन विकेट लिए। यस्तै जिमी निशाम र ललित राजवंशीले समान एक एक विकेट लिए।

उपाधिसँगै जनकपुरले ट्रफीसहित एक करोड १० लाख प्राप्त गरेको छ भने  उपविजेता सुदूरपश्चिमले ५१ लाख प्राप्त गरेको छ। साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले  १५ लाख प्राप्त गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ: करण जोहर
पुरुष बन्नका लागि तीन वर्षको तालिम लिएँ: करण जोहर
सय वर्षका वृद्धद्वारा मतदान
सय वर्षका वृद्धद्वारा मतदान
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
बुनपाका वडाहरुमा अरुलाई पछार्दै लगातार एमाले प्यानलको जीत
बुनपाका वडाहरुमा अरुलाई पछार्दै लगातार एमाले प्यानलको जीत
व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन
व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
यि मध्ये माओवादी ‘ब्रान्ड’कस्ले कब्जा गर्ला ?
यि मध्ये माओवादी ‘ब्रान्ड’कस्ले कब्जा गर्ला ?

तपाईंले छुटाउनुभयो कि?