संघीयताका विषयमा गृहमन्त्रीको तिखो टिप्पणी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०८१
|
|
१९ पटक हेरिएको
Shares
संघीयताका विषयमा गृहमन्त्रीको तिखो टिप्पणी

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचना तेस्रो तहका नेताहरुको व्यवस्थापन गर्ने ठाउँ बनेको बताएका छन्।
  • बुधबार नेपाल समाजवादी पार्टी स्थापना दिवसको अवसरमा डा.

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रदेश संरचना तेस्रो तहका नेताहरुको व्यवस्थापन गर्ने ठाउँ बनेको बताएका छन्।

बुधबार नेपाल समाजवादी पार्टी स्थापना दिवसको अवसरमा डा. बाबुराम भट्टराईले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश संरचना संविधान र व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मबमोजिम नरहेको बताएका हुन्।

उनले प्रदेश संरचना बेढंगको रहेको बताउँदै ढंगको बनाउन लागिपरेको बताए । उनले भने, ‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्नहरुलाई लिएर धेरै जिज्ञासाहरु पनि उब्जिएका छन्। प्रदेश जुन ढंगले बनेको छ, अहिले संविधानले जे परिकल्पना गरेको छ, त्यही प्रदेश हो? त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ कि? त्यसलाई बदनाम गराउने काम गरेको छ। त्यो बेढंगको छ, ढंगको बनाउन पर्छ भनेर मैले पनि भनेकै हो, म अहिले पनि भन्छु्। बेढंगको भएको छ। त्यो चाहीँ दोस्रो, तेस्रो लेयरका राजनीतिक दलका नेताहरुलाई पार्किङ गर्ने पार्किङ स्थल बनेको छ । थर्ड लेयरका नेताहरुलाई कही पठाउन पर्यो भने तपाईँ प्रदेशतिर जानुस् न त भनेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?