भागबन्डा नमिल्दा अल्झियो एमाले माओवादी एकता

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
२२ पटक हेरिएको
Shares
भागबन्डा नमिल्दा अल्झियो एमाले माओवादी एकता

सारांश

  • काठमाडौं – एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ।
  • नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात् लेनिन जयन्ती (वैशाख ९ गते) का दिन एकता घोषणा तयारी गरिरहेका दुई दलबीच संगठनमा भागबन्डा अनुपात नमिल्दा प्रक्रिया थप लम्बिने संकेत देखिएको छ।
  •  आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं – एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सांगठनिक भागबन्डाका विषयमा कुरा नमिल्दा अड्किएको छ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अर्थात् लेनिन जयन्ती (वैशाख ९ गते) का दिन एकता घोषणा तयारी गरिरहेका दुई दलबीच संगठनमा भागबन्डा अनुपात नमिल्दा प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

माओवादी केन्द्रले बराबरी हैसियतमा पार्टी एकता र सांगठनिक भागबन्डा हुनुपर्ने विषय उठाएको छ भने एमाले त्यसमा सकारात्मक देखिएको छैन । एमालेले प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव परिणाम हैसियतमा पार्टीमा सांगठनिक भागबन्डा हुनेगरी एकता चाहेको छ।

चुनावमा एमाले र माओवादीले ७० र ३० को अनुपातमा स्थान जितेका छन् । गत साता बालुवाटारमा भएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव परिणामलाई प्रमुख आधार बनाएर सांगठनिक भागबन्डा गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

ओलीको प्रस्तावमा प्रतिक्रिया नदिई बाहिरिएका दाहालले विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्रशिक्षणमा बराबरी हैसियतमा मात्रै एकता हुनुपर्ने धारणा राखेका थिए ।माओवादीले सांगठनिक भागबन्डाका लागि पछिल्लो तीनवटा चुनावी परिणामलाई आधार बनाउनुपर्ने तर्क गरेको छ । पहिलो संविधानसभा चुनावबाट माओवादी केन्द्र पहिलो पार्टी भएको थियो भने एमाले तेस्रो बनेको थियो । दोस्रो संविधानसभा निर्वाचनबाट दोस्रो ठूलो पार्टी बनेको एमाले गत मंसिरमा भएको प्रतिनिधिसभा चुनावबाट पहिलो बनेको छ । माओवादी केन्द्र्र प्रतिनिधिसभामा तेस्रो ठूलो दल छ।

एमाले र माओवादी केन्द्रले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिँदा ६०–४० को अनुपातमा सिट बाँडफाँट गरेका थिए । त्यसपछिका प्रदेश र संघीय सरकारमा भने ७०–३० को अनुपातमा भागबन्डा भएको छ।

यसअघि प्रधानमन्त्री ओलीले शुक्रबारदेखि गर्ने भारत भ्रमणअघि नै पार्टी एकता गर्ने निर्णय माओवादी केन्द्रले गरेको थियो । माओवादी हेडक्वार्टर बैठकमा दाहालले एमाले अध्यक्ष ओलीको चाहना भारत भ्रमणअघि नै एकता गर्ने रहेको जानकारी गराएका थिए । त्यसअघि वैशाख ९ गते लेनिन जयन्ती तथा नेकपा कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन पार्टी एकीकरण औपचारिक घोषणा हुने बताइएको थियो।

भागबन्डा निमलेका विषयमा दुवै पक्षका नेताहरु  औपचारिक रुपमा कुरा गर्न चाहँदैनन् । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सैद्धान्तिक र अन्य विषयमा सहमति भएपछि मात्रै संगठनको भागबन्डा विषयमा आउने बताइन् ।‘कार्यदल बैठकले सैद्धान्तिक विषय टुंगो लगाउनेछ अनि मात्रै संगठनमा कुन दलबाट कति हुने भन्ने विषय आउनेछ,’ भुसालले भनिन्, ‘कार्यदलको बैठक चाँडै बस्ने भन्ने छ । तर कहिले भन्ने निश्चित भइसकेको छैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठकमा सांसदपिच्छे फरक माग
प्रतिनिधिसभा बैठकमा सांसदपिच्छे फरक माग
नेपाल प्रहरीलाई प्रविधीको अभावः प्रहरी महानिरीक्षक खनाल
नेपाल प्रहरीलाई प्रविधीको अभावः प्रहरी महानिरीक्षक खनाल
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
राप्रपालाई राष्ट्रिय राजनीतिमा स्थापित गराएरै छाड्ने प्रण : कमल थापा
त कांग्रेस म एमाले,कुरो कहाँ मिल्छ:प्रतिक
त कांग्रेस म एमाले,कुरो कहाँ मिल्छ:प्रतिक
सुन र चाँदीका बिस्कुट र सिक्का बरामद !
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
छठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
Mostbet Yukle Azerbaycan APK: Indir & Downloa
भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना
भृकुटीमण्डप जग्गा प्रकरणमा पूर्वमन्त्री न्यौपानेलाई नौ वर्ष कैद, सांसद गुरुङलाई जरिवाना
देशकै ठूलो सवस्टेशन ढल्केबरमा बन्दै, पुससम्म निर्माण कार्य सकिने
देशकै ठूलो सवस्टेशन ढल्केबरमा बन्दै, पुससम्म निर्माण कार्य सकिने

तपाईंले छुटाउनुभयो कि?