सानो भर्याङमा ट्याक्सी र कार ठोकियो, एकको मृत्यु, ४ घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
सानो भर्याङमा ट्याक्सी र कार ठोकियो, एकको मृत्यु, ४ घाइते

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको सानो भर्याङमा ट्याक्सी र कार ठोक्किँदा एकजनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।
  • ट्याक्सीमा चढेर टोखा महादेवटार जान हिडेकी गोरखा सिरनचोककी मोतीसरा भुजेलको ज्यान गएको हो ।

काठमाडौं । काठमाडौंको सानो भर्याङमा ट्याक्सी र कार ठोक्किँदा एकजनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

ट्याक्सीमा चढेर टोखा महादेवटार जान हिडेकी गोरखा सिरनचोककी मोतीसरा भुजेलको ज्यान गएको हो । हिजो मंगलबार राति बा२ज ३१५ नम्बरको ट्याक्सी र बा१०च ५१९१ नम्बरको कार ठोक्किएको थियो । ७० वर्षीया भुजेल डेरा जाँदै गरेको प्रहरीले जनाएको छ ।

ट्याक्सी चढेका अन्य ४ जना घाइते भएका छन् । घाइतेहरुको स्वयम्भु मनमोहन अस्पतालमा उपचार भैरहेको छ । कार चालकलाई प्रहरीले पक्रेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?