मिनी चिडियाखानाका रूपमा विकास हुँदै भालुढुङ्गा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
५३ पटक हेरिएको
Shares
मिनी चिडियाखानाका रूपमा विकास हुँदै भालुढुङ्गा

सारांश

  • मङ्गलबारे ।
  • इलामको पर्यटकीयस्थल भालुढुङ्गालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ ।
  • यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ ।

मङ्गलबारे । इलामको पर्यटकीयस्थल भालुढुङ्गालाई मिनी चिडियाखानाका रूपमा विकास गर्न थालिएको छ । यस पर्यटकीयस्थलमा भालुसहित जङ्गली जनावार राख्ने तयारी भइरहेको छ ।

इलाम बजारदेखि उत्तरगढी नजिकै रहेको ओढारे भालुढुङ्गा सामुदायिक वन क्षेत्रलाई स्थानीयवासीको पहलमा विकास गरिएको हो । विभिन्न ओढार र हराभरा रहेको यो सामुदायिक वनमा चिडियाखानाका रुपमा विकास गर्ने सोचअनुरुप पछिल्लो पटक तीन वटा रतुवा मृग राखिएको छ ।

ओढारे भालुढुङ्गा सामुदायिक वन समूहका कोषाध्यक्ष रजिन खड्काले इलाम सवडिभिजन वन कार्यालयमा रहेका तीन रतुवा मृगलाई सामुदायिक वन समूहको संरक्षणमा राखिएको बताए । विभिन्न क्षेत्रबाट उद्धार गरी राखिएका एक भाले र दुई पोथी रतुवा मृगलाई इलाम नगरपालिकाका पशु प्राविधिकको सहयोगमा सामुदायिक वनमा लगेर राखिएको छ ।

उनले मृग पालनका लागि इलाम नगर पर्यटन प्रवद्र्धन समितिमार्फत रु एक लाख सहयोग भएकाले तारजालीले घेरिएको जानकारी दिए । कोषाध्यक्ष खड्काले सुरेन्द्र राईमार्फत मृगको बासस्थान निर्माणका लागि फलामे रड र प्राविधिक उपलव्ध गराइएको बताए ।

भालुढुङ्गाको नामले परीचित यो वन क्षेत्रमा निकट भविश्यमा भालुको अनुहारासमेत देख्न पाइने भएको छ । भालुपालनका लागि नगर पर्यटन प्रवद्र्धन समितिले प्रयास थालेको हो । यस्तै हाल बेण्डम जातको कुखुरा र मजक कली परेवा पनि पालिएको छ ।

मृगका लागि इलाम कृषि बिज भण्डारका पशुपति भट्टराईले मासिक ५० केजी चारो उपलब्ध गराउन थाल्नुभएको छ । इलाम सदरमुकाम छेउमै रहेको भालुढुङ्गा क्षेत्रको विकासमा स्थानीयस्तरमा गठित भालुढुङ्गा पर्यटन प्रवद्र्धन विकास संस्थासमेत क्रियाशील छ । उक्त संस्थाले यो क्षेत्रलाई भविश्यमा मिनी चिडियाखानका रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने जनाएको छ । मृग, खरायो, बाँदर, स्याल, दुम्सीजस्ता रैथाने जनावरलाई संरक्षण गरी नमुना पार्कसमेत बनाइने सामुदायिक बनका अध्यक्ष हरि गुरुङले बताए ।

भालुढुङ्गा पर्यटन क्षेत्र आसपासमा होमस्टे सञ्चालन गरिएको छ । त्यहाँसम्म जानका लागि इलाम कारागार हुँदै कालोपत्रे सडकसमेत निर्माण भइसकेको छ । इलाम बजारभन्दा नजिक रहेकाले धेरै पर्यटक सो स्थानमा जाने गरेका छन् । यस क्षेत्रलाई चिडियाखानाका रुपमा विकास गर्न स्थानीय सरकारलेसमेत सहयोग उपलब्ध गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
विश्वकप फुटबल २०१८ : ‘बाह्र खेलाडी’विरुद्ध ‘हार्न बिर्सिएको’ टोली
विश्वकप फुटबल २०१८ : ‘बाह्र खेलाडी’विरुद्ध ‘हार्न बिर्सिएको’ टोली
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
प्रधानन्यायाधीश पराजुलीमाथि छानविन नभएसम्म जेलमै अनशन बस्छु : डा.केसी
सडकको अवस्था सुधार गर्न प्रधानमन्त्री ज्यु कडा निर्देशन….
सडकको अवस्था सुधार गर्न प्रधानमन्त्री ज्यु कडा निर्देशन….
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव
दुई हजार ५ सय लिटर डिजेल चोरी, यी हाकिम शंकाकाे घेरामा
दुई हजार ५ सय लिटर डिजेल चोरी, यी हाकिम शंकाकाे घेरामा
दशैं बिदामा ३ दिन काटियो, नयाँ दिवस थपियो, पृथ्वीजयन्ती पनि खारेज
“हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” -स्थानिय
“हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” -स्थानिय
एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी
एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी