संविधानसभा अध्यक्ष नेम्वाङकाे अन्तिम संस्कार गरिँदै
सारांश
- काठमाडौं।
- संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज अन्तिम संस्कार गरिँदै छ।
- पार्टी मुख्यालयवाट बुधबार पार्थीव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम धार्मिक संस्कार सकाए छि आजै ११ बजे अन्तिम संस्कार गरिन लागिएकाे हाे।
काठमाडौं। संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज अन्तिम संस्कार गरिँदै छ।
पार्टी मुख्यालयवाट बुधबार पार्थीव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम धार्मिक संस्कार सकाए छि आजै ११ बजे अन्तिम संस्कार गरिन लागिएकाे हाे। सो अघि उनको शवयात्रा निकालिने एमालेले जनाएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार अहिले विहान बालुवाटारबाट शवयात्रा शिक्षण अस्पताल–महाराजगञ्ज–नारायणगोपाल चोक-धुम्बाराही-चावहिल-गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने छ ।
अन्तिम श्रद्धाञ्जलि अर्पणका लागि निजी सवारी साधन हुनेहरु शंखपार्क, धुम्बाराही र सवारी साधन नहुनेहरु गौशालाको वडा प्रहरी कार्यालय अगाडिबाट श्रद्धाञ्जलि अर्पण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
गत मंगलबार बिहान हृदयघातबाट निधन भएका नेम्वाङको पार्थीव शरीरलाई च्यासलस्थित पार्टी कार्यालयबाट मंगलबारदेखि राखिएकाे थियाे। र, हिजाे पार्टी कार्यालयबाट नेम्वाङको पार्थीव शरीरलाई आफन्त, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पणका लागि निजी निवास लगिएको हो।
मंगलबार दिउँसो भने पार्टी कार्यालय, च्यासल ललितपुर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका शीर्षनेता, कार्यकर्ता, शुभेच्छुकहरुले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेकाा थिए।
नेम्वाङको अन्त्येष्टि आज पुशपति आर्यघाटमा गर्ने कार्यक्रम छ। आज सरकारले नेम्वाङको सम्मानमा सार्वजनिक बिदा दिएको छ। उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने सरककारले निर्णय गरेको छ।
प्रतिक्रिया