संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
संसदिय सुनुवाइ समितीकाे बैठक जारी रहेकै बेला कांग्रेसले बाेलायाे सदीय दलको बैठक

सारांश

  • काठमाडाै, १८ साउन ।
  • दीपकराज जोशीलाई प्रधानन्यायाधीस बनाउने नबनाउने भन्ने सम्बन्धमा निर्णय गर्न सिँहदरवारस्थित कार्यकक्षमा संसदीय सुनुवाई समितिको बैठक जारी छ।
  •  तर, आजको बैठकमा सदस्यहरुले आआफ्नो धारणा व्यक्त गरिरहेकाले प्रधानन्यायाधीसबारे निर्णय दिने सम्भावना निकै कम छ।

काठमाडाै, १८ साउन । दीपकराज जोशीलाई प्रधानन्यायाधीस बनाउने नबनाउने भन्ने सम्बन्धमा निर्णय गर्न सिँहदरवारस्थित कार्यकक्षमा संसदीय सुनुवाई समितिको बैठक जारी छ। तर, आजको बैठकमा सदस्यहरुले आआफ्नो धारणा व्यक्त गरिरहेकाले प्रधानन्यायाधीसबारे निर्णय दिने सम्भावना निकै कम छ। आजै नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ। बहिस्कारका बाबजुद सत्तापक्षले संसद सुचारु गर्न संकेत पाएपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

कांग्रेसले गरेको विहीबारको बैठक बहिस्कारका बाबजुद सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको बैठक सुचारु गरेका थिए। कांग्रेसलाई भय छ, कतै संसदीय सुनुवाईको बैठकपनि आफ्नो बहिस्कारका बाबजुद सत्तापक्षले सुचारु गर्ने र प्रधानन्यायाधीसबारे निर्णय गरिदिने त होइन? त्यसैले, सत्तापक्ष यसैगरी गएको स्थितिमा आफू कसरी जाने भन्ने सम्बन्धमा निर्णय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।

आफ्नो बहिस्कारका बाबजुद हिजो प्रतिनिधि सभाको बैठक सुचारु भएको घटना हेरेर हुनसक्छ, सुनुवाई समितिको बैठकमा कांग्रेसका सदस्यहरु उपस्थित छन् र आफ्नो धारणा राखिरहेका छन्।तर आजै केहीबेरमै कांग्रेस संसदीय दलको बैठक आयोजना गरिएकाले आजपनि सुनुवाई समितिले जोशीबारे अन्तिम निर्णय गर्ने सम्भावना कम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?