महको चमत्कार !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०८१
|
|
३३ पटक हेरिएको
Shares
महको चमत्कार !

सारांश

  • काठमाडाैं।
  • मह एक पौष्टिक आहार हो।
  • यो बहुउपयोगी औषधीय गुण भएको खाद्य पदार्थ पनि हो।

काठमाडाैं। मह एक पौष्टिक आहार हो। यो बहुउपयोगी औषधीय गुण भएको खाद्य पदार्थ पनि हो। मह शरीरका लागि निकै उपयोगी छ।

महले युवा तथा वृद्ध जसलाई पनि फाइदा नै फाइदा गर्छ। तर, एक वर्षमुनिका बालबालिकालाई मह सेवन गराउनुहुँदैन भनेर विज्ञहरूले सुझाव दिएका छन्। वयस्क मानिसका लागि दैनिक दुई चम्चा मह तातोपानी वा दूधमा मिसाएर पिउँदा फाइदाजनक हुन्छ।

महका बहुगुणमध्ये तौल नियन्त्रण पनि एक हो। तौल नियन्त्रण गर्न बिहान तातोपानीमा कागती र मह मिलाएर खानुपर्छ। त्यस्तै, बेलुका सुत्नुभन्दा १ घण्टाअघि दूधमा मह मिसाएर खाँदा थकान कम हुने, तनाव नियन्त्रण हुने र मिठो निन्द्रा लाग्ने हुन्छ।

मह आफैंमा शुद्ध परिकार मानिन्छ। महमा चिनीको मात्रा प्रशस्त हुने भएकाले चिनी प्रयोग गर्ने खानेकुरामा पनि यसको प्रयोग गर्न सकिन्छ। शुद्ध महमा पाइने चिनीले शरीरलाई कुनै हानी गर्दैन। मह चिसो र रुघाखोकीबाट बचाउने अचुक औषधि हो। चिसो लागेको समयमा तातोपानीमा मह मिलाएर सेवन गर्न पनि सकिन्छ।

महको नियमित सेवनले तनाव, कमजोरी र अनिद्राको समस्या समाधान गर्छ। महले पखाला रोक्ने काम पनि गर्छ। दूध र मह मिसाएर पिउँदा पाचन प्रणालीमा पनि फाइदा पुग्छ। यसले कब्जियतको समस्या नियन्त्रण गर्छ। हड्डी बलियो बनाउन पनि यसले ठूलो फाइदा पुर्‍याउँछ। हड्डी दुख्न थालेमा यसको सेवन गर्नु फाइदाजनक हुन्छ।

तातोपानीमा अदुवा र मह मिलाएर खाँदा खोकी सञ्चो हुन्छ। मह छालाका लागि पनि निकै फाइदाजनक छ। यसको नियमित सेवनले छाला मुलायम र नरम हुन्छ भने बुढ्यौली पनि पर धकेल्छ । महले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ। महले शरीरमा रगतको कमी पनि हुन दिँदैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?