६५ प्रतिशत जनता स्वास्थ्य सेवाको पहुँच बाहिर

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
६५ प्रतिशत जनता स्वास्थ्य सेवाको पहुँच बाहिर

सारांश

  • चैत २४, काठमाण्डौ ।
  • नेपालको स्वास्थ्य सेवाको पहुँच दुर दराजसम्म पुग्न सकेको छैन ।
  • सरकारले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम ल्याए पनि जनतामाझ त्यसले प्रभावकारि भूमिका खेल्न सकेको छैन ।

चैत २४, काठमाण्डौ । नेपालको स्वास्थ्य सेवाको पहुँच दुर दराजसम्म पुग्न सकेको छैन । सरकारले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम ल्याए पनि जनतामाझ त्यसले प्रभावकारि भूमिका खेल्न सकेको छैन । सरकाभरले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम र दिवसहरु औपचारिक रुपमा मनाउने गरे पनि सबै जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिन भने सकेको छैन ।

विश्व स्वास्थ्य संगठनको अगुवाइमा प्रत्येक वर्ष अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाइँदै आइएको छ । आइतबार ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ मूल नाराका साथ यो दिवस मनायो ।

सरकारी निकायहरुले धुमधामसँग यो दिवस मनाए पनि स्वास्थ्य सेवा सहज र सुलभ बनाउने विषयमा भने ध्यान जान सकेको पाइदैन । नेपालमा संचालित स्वास्थ्य संस्थाहरु सेवामुलकभन्दा बढि नाफामुलक हुँदा उपचार महङ्गो हुने गरेको छ । स्वास्थ्यसेवालाई नजिकबाट हेरिरहेका जनता सरकारले पूरा गर्ने औपचारिकताबाट सन्तुष्ट छैनन् ।

ग्रामिण भेगमा न स्वास्थ्य संस्था छ न चिकित्सक नै । औषधिको अभावसमेत झेल्नुपरेको अवस्था छ । तर सरकारले यस विषयमा चासो दिन नसकेको सर्वसाधारणको गुनासो छ ।

सरकारी निकायका अधिकारीहरु भने पछिल्लो समय औषधिउपचारको पहुँच बढ्दै गएको दावी गर्छन् । राट्रिय स्वास्थ्य सुचना तथा सञ्चार केन्द्रका निर्देशक डा.सुनिराज शर्माले दिवसलाई औपचारिकतामा मात्रै सिमित नराखी सेवा प्रवाहलाई पनि ध्यान दिइएको जिकिर गरे ।

नेपालको संविधानले पनि स्वास्थ्यलाई मौलिक हकका रूपमा स्वीकार गरिसकेको छ । तर संविधानमा भएको कुरा व्यवहारमा छैन । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ यस वर्षको नारा दिइएपनि नेपालमा अझैं ६५ प्रतिशत मानिस स्वास्थ्य सेवाको सहज पहुँचमा छैनन् ।

(https://rentalsfloridakeys.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनमोल केसी विरुद्ध कसले हाल्यो प्रहरीमा उजुरी ?
अनमोल केसी विरुद्ध कसले हाल्यो प्रहरीमा उजुरी ?
कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलनको भव्य तयारी
कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलनको भव्य तयारी
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटायो
सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटायो
राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापालाई पितृशोक
राष्ट्रिय जनमोर्चाका युवा नेता सुरेश थापालाई पितृशोक
चन्द समूहमा अन्तर्विरोध चर्किंदै
चन्द समूहमा अन्तर्विरोध चर्किंदै
संसदमा रेल वे अध्ययादेश, २०७८ पेश
संसदमा रेल वे अध्ययादेश, २०७८ पेश
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
एनआरएनए पदाधिकारी र राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता
सबै पास रद्द, एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै
कोजाग्रत पूर्णिमाः महालक्ष्मीको पूजाआराधनासहित आजदेखि बडादशैं समापन गरिंदै

तपाईंले छुटाउनुभयो कि?