नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित अवार्ड प्राप्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
४४ पटक हेरिएको
Shares
नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित अवार्ड प्राप्त

सारांश

  • काठमाडौँ, १ मंसिर ।
  • नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त भएको छ ।
  • दी वल्र्ड कन्फडेरेशन अफ बिजिनेश (वल्र्डकव) नामक संस्थाले  नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत प्रदान गरेको उक्त पुरस्कार शुक्रबार एक विशेष समारोहमा हस्तान्तरण गरिएकाे थियाे ।

काठमाडौँ, १ मंसिर । नर्भिक इन्टरनेशनल हस्पिटललाई अमेरिकाको प्रतिष्ठित ‘द बिज अवार्ड ’प्राप्त भएको छ । दी वल्र्ड कन्फडेरेशन अफ बिजिनेश (वल्र्डकव) नामक संस्थाले  नेपालको चिकित्सा क्षेत्रमा गुणस्तरीय अन्तर्राष्ट्रिय सेवा प्रवाह गरेबापत प्रदान गरेको उक्त पुरस्कार शुक्रबार एक विशेष समारोहमा हस्तान्तरण गरिएकाे थियाे । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव तथा उक्त संस्थाका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक निकोलस काफेरोले नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीलाई सो अवार्ड प्रदान गरे ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले २५ वर्षदेखि स्तरीय स्वास्थ्य सेवा प्रवाहमा क्रियाशील नर्भिक अस्पतालले नवीनतम् प्रविधि, सेवाको गुणस्तर, स्तरीय व्यवस्थापन एवम् नेपालीलगायत अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरुलाई पु¥याउँदै आएको विश्वस्तरीय स्वास्थ्य सेवाका लागि पुरस्कार प्राप्त गरेर देशको प्रतिष्ठा बढाएको बताए । जनसाधारणलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै उनले मधुमेहलगायत नसर्ने रोगको उपचारमा पनि नर्भिक अस्पतालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री यादवले स्वास्थ्य उपचारमा अर्बौ रुपैयाँ विदेशिने गरेका बेला नर्भिकले अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध गराएर केही हदसम्म भए पनि राष्ट्रको रकम बाहिरिनबाट जोगाएको बताए ।

सरकारी निकायका उच्चपदस्थ व्यक्ति तथा राजनीतिक क्षेत्रका प्रभावशाली व्यक्तित्वहरु राज्यकोषबाट रकम लिएर विदेशमा उपचार गराउने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले जनस्वास्थ्य ऐन जारी गरेको उनले बताए । आँखा उपचारको क्षेत्रमा पनि नेपालले उपलब्धि हासिल गरेको चर्चा गर्दै नेपालका चिकित्सक एवं नर्भिकजस्ता निजी क्षेत्रका अस्पतालले अब्बल सेवा प्रवाह गर्दै आएका बताए । नर्भिक अस्पतालका सद्भावनादूत कलाकार हरिवंश आचार्यले राज्यकोषको स्वास्थ्यलाई रोगरहित तुल्याउन नर्भिक अस्पतालले थोरै भए पनि उपचारका नाममा विदेशिने ठूलो धनराशि जोगाएको बताए । नर्भिकका प्रबन्ध निर्देशक चौधरीले पुरस्कारले समग्र मुलुकको मनोबल बढाएको तथा आफूहरुलाई अझ स्तरीय सेवा प्रवाह गर्न प्रेरणा मिलेको बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज १५७ संक्रमित थप
पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली
पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली
शिल्पाले दिइन् डिभोर्स, छबिले लेखे यस्तो स्टाटस !
शिल्पाले दिइन् डिभोर्स, छबिले लेखे यस्तो स्टाटस !
राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश
राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
प्रधानमन्त्री ओली भोलिदेखि बालुवाटारमा
प्रधानमन्त्री ओली भोलिदेखि बालुवाटारमा
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
राष्ट्रपति बाइडेन विरुद्ध महाभियोगका लागि औपचारिक मुद्दा दर्ता