फेसबुक लाइभ गर्दै न्यूजिल्याण्डको दुई मस्जिदमा आक्रमण:मारिनेको संख्या ४० पुग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १, २०७५
|
|
२७ पटक हेरिएको
Shares
फेसबुक लाइभ गर्दै न्यूजिल्याण्डको दुई मस्जिदमा आक्रमण:मारिनेको संख्या ४० पुग्यो

सारांश

  • काठमाडौं १,चैत।
  • न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुगेको छ ।
  • अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको नमाज पढ्ने समयमा आक्रमण भएको बीबीसीमा उल्लेख छ ।

काठमाडौं १,चैत। न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा गरिएको आक्रमणमा परी मारिनेको संख्या ४० पुगेको छ ।अल नूर मस्जिद र लिनउड मज्जिदमा जुमेको नमाज पढ्ने समयमा आक्रमण भएको बीबीसीमा उल्लेख छ ।  २० भन्दा बढी गम्भीर घाइते भएका छन् ।

शुक्रबार नमाज पढ्नका लागि मस्जिदमा भीड बढेको मौका छोपेर आक्रमण गरिएको थियो । आक्रमणमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । पक्राउ पर्नेमा तीन पुरुष र एक महिला छन् । घटनामा अरु पनि संलग्न भएको आशंका गरिएको छ ।यद्यपी खतरा भने नटरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । डेली मेलले यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता रहेको उल्लेख छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ती व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशी क्रिकेट खेलाडी समेत मस्जिदमा पुगेका बेला उक्त आक्रमण गरिएको थियो । बंगलादेशी क्रिकेट खेलाडी भने सुरक्षित रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?