देउवामाथि दबाब बढाउँदै इतर समूह

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २७, २०७९
|
|
३७ पटक हेरिएको
Shares
देउवामाथि दबाब बढाउँदै इतर समूह

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।
  • आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा.

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर समूहले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउने नीति लिएको छ ।

आइतबार राजधानीको विशालनगरमा कांग्रेसभित्र इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइराला समूहको छुट्टै बैठक बसेको थियो । सो बैठकले पार्टीलाई विधि र विधानअनुसार चलाउन सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब जारी राख्ने निर्णय गरेको हो ।

कांग्रेसको केन्द्रीय समिति बैठक आज सोमबारबाट बस्दै छ । केन्द्रीय समिति बस्ने अघिल्लो दिन इतर समूहले बैठकमा उठाउने विषयमा रणनीतिसमेत बनाएको छ । इतर समूहले बैठकमा सरकारको काम, कारबाही’bout गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ ।

संस्थापन समूहले भने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी निर्वाचनको विषयलाई एजेन्डा बनाएको छ ।

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले केन्द्रीय समिति बैठकमा सरकारको कामकारबाही’bout गम्भीर समीक्षा गर्ने विषयमा छलफल भएको नेता चन्द्र भण्डारीले जानकारी दिए । कांग्रेसभित्रको इतर पक्षले सरकारले ल्याएको बजेट’ पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ।

इतर समूहले केन्द्रीय समिति बैठकमा पार्टीलाई विधिवत रूपमा अघि बढाउन नसकेको भन्दै त्यसतर्फ पनि सभापतिमाथि दबाब सिर्जना गर्ने रणनीति बनाएको छ ।

यसैगरी, स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी मंसिरमा हुने भनिएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको हितमा हुनेगरी गठबन्धनलाई थप सशक्त बनाउने विषयमा पनि सशक्त रूपमा अघि बढ्ने निर्णय भएको बताइएको छ ।

‘कांग्रेसलाई कसरी बलियो बनाउने, आगामी चुनावमा पार्टीलाई कसरी अघि बढाउने, विधिविधानको पालनामा कसरी अघि बढ्नेसहित स्थानीय तहको निर्वाचनको समीक्षा र सरकारको कामको पनि समीक्षा केन्द्रीय समिति बैठकमा गर्ने भन्ने विषयमा छलफल भएको छ,’ नेता भण्डारीले बैठकपछि  भने ।

बैठकमा पार्टीको भ्रातृ संस्थादेखि विभाग गठनसम्मको विषयलाई पनि उठाउने विषयमा नेताहरूले राय राखेका छन् ।

बैठकका कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा. रामशरण महत, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलगायत सहभागी थिए ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार १ बजे बस्नेगरी पार्टी केन्दीय कार्यालय सानेपामा बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावीसभामा सहभागि हुन प्रचण्ड परिवारका साथ चितवनमा
चुनावीसभामा सहभागि हुन प्रचण्ड परिवारका साथ चितवनमा
दीपक छेत्रि बचाऊँ अभियानलाई अन्तराष्ट्रीय नेपाली कलाकारको पहलमा  आर्थिक संकलन
दीपक छेत्रि बचाऊँ अभियानलाई अन्तराष्ट्रीय नेपाली कलाकारको पहलमा आर्थिक संकलन
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
कांग्रेस बैठकमा भारतीय राजदूत पुरीको इन्ट्री, यस्तो थियो कारण ?
बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ
बिना अनुमति नेपालमा रामदेवको लगानी ! रास्त्रपति देखि प्रधानमन्त्री सम्मको साथ
‘सारेगमपा’को फाइनलमा नेपालका आयुष र प्रितम
‘सारेगमपा’को फाइनलमा नेपालका आयुष र प्रितम
पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड
पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड
सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा
सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
नेपाल अाइडलका सुमितले झापामा देखाएकाे याे व्यबहार, अस्मिताकाे यसरि भयाे बेइजत !
आजको राशिफल
आजको राशिफल
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति
किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति