हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
२९ पटक हेरिएको
Shares
हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह

सारांश

  • काठमाडौं ।
  • हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ ।
  • मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन गरी हात्तीपीडित जनतालाई उचित राहत प्रदान गर्नसमेत सरकारसमक्ष माग गरे ।

काठमाडौं । हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ । मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन गरी हात्तीपीडित जनतालाई उचित राहत प्रदान गर्नसमेत सरकारसमक्ष माग गरे ।

उनले खासगरी मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका हात्तीपीडित जनतालाई उचित राहतको व्यवस्था गर्नुपर्ने बताउँदै मानव र हात्तीको सहअस्तित्व कायम गरेर अगाडि बढ्न सकेमात्रै उचित हुने विश्वास व्यक्त गरे । हात्ती आतङ्कका कारण बालबालिकाको शिक्षामा समेत नकारात्मक असर परेको उनको भनाइ छ ।

उनले मानव र हात्तीको सहअस्तित्व कायम गरेर जानुपर्छ भनेर लागिरहेको परिप्रेक्ष्यमा मान्छेले हात्ती मार्ने र मान्छेद्वारा हात्ती मारिने अलग–अलग घटना भए पनि मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रको घटना केही फरक रहेको प्रष्ट पारे । उनले भने, “मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रको घटना अलि फरक छ, हात्ती दिनभरि भारतको कोलाबारी फरेस्टमा बस्छन् र राति भएपछि नेपालतिर आएर अन्नबाली, जनधनको क्षति गर्छन् ।”

उनले हात्तीलाई बोझको रूपमा नभई, त्यसलाई मोजको रूपमा विकास गर्न जरुरी रहेको भन्दै उनले आफूहरू मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?