सत्ताइस जिल्लाका स्थानीय तहको मतपरिणाम घोषणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
१७ पटक हेरिएको
Shares
सत्ताइस जिल्लाका स्थानीय तहको मतपरिणाम घोषणा

सारांश

  • काठमाडौँ, २१ असार ।
  • दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ ।
  • सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।

काठमाडौँ, २१ असार । दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ ।

सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर १ का ११९, प्रदेश नम्बर ५ का १०४ र प्रदेश नम्बर ७ का ८४ स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।

योसँगै २७ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ भने २७ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ ।

आज दिउँसो ३ः३० बजेसम्मको मतगणनाअनुसार, नेकपा (एमाले) १३५, नेपाली काँग्रेस ११६, नेकपा (माओवादी केन्द्र) ३६, सङ्घीय समाजवादी फोरम छ, लोकतान्त्रिक फोरम नेपाल छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख÷अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १५७, काँग्रेस ९९, माओवादी केन्द्र ३७, सङ्घीय समाजवादी फोरम नेपाल पाँच, लोकतान्त्रिक फोरम नेपाल पाँच, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुई स्थानमा विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

हाल आठ जिल्लाका २४ स्थानीय तहमा मतगणना भइरहेको छ भने तीन स्थानीय तहमा मतगणना स्थगित भएको छ । मतगणना स्थगित भएका स्थानीय तहमा सुनसरीको धरान, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वास नगरपालिका हुन् ।

दोस्रो चरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुने छन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?