भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह

सारांश

  • सुर्खेत, १० पुस, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।
  • कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’मा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
  • सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तीन दिने उक्त प्रशिक्षणमा मन्त्री ज्वालाले प्रदेशको भोकमरी तथा बोक्सी र छाउपडी प्रथाविरुद्ध पनि कलम चलाउ आग्रह गर्नुभयो ।

सुर्खेत, १० पुस, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पत्रकारले मर्यादा र अनुशासनमा बसी कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’मा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तीन दिने उक्त प्रशिक्षणमा मन्त्री ज्वालाले प्रदेशको भोकमरी तथा बोक्सी र छाउपडी प्रथाविरुद्ध पनि कलम चलाउ आग्रह गर्नुभयो । “लोकतान्त्रिक मूल्य र मान्यतामा रहेर पत्रकारले शक्तिमा रहेकालाई खबरदारी गर्न र आवाजविहीनका आवाजलाई उजागर गर्नुपर्छ ।” उहाँले भन्नुभयो, “ठूलो हैसियतका व्यक्तिलाई मात्र समाचारमा प्राथमिकता नदिई कर्णालीका मुख्य समस्यालाई पनि उजागर गर्नुपर्छ ।”

मन्त्री ज्वालाले दुर्गम कर्णाली क्षेत्रको विकासका लागि प्रादेशिक सरकारको हेलिकप्टर र हवाइजहाज पनि आवश्यकता भएको जानकारी दिँदै मन्त्री ज्वालाले प्रदेश सरकार र पत्रकार मिली अब कर्णालीको परिचय दिनुपर्ने र प्रदेशको गरीबी, भोकमरी र व्याप्त अन्यायविरुद्ध लाग्न सबै एकबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायले मोफसलका पत्रकारले कर्णालीका मुख्य समस्या र विषयलाई नै समाचारमा पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो । राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जिम्मेवार, स्वच्छ र तथ्यगत पत्रकारितामा कर्णाली प्रदेश सधैँ अगाडि हुनुपर्ने बताउँदै व्यक्तिको चरित्र हत्या गर्ने उद्देश्यले पत्रकारिता नगर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश सरकारले छुट्टै टेलिभिजन र रेडियो स्थापना नगरी राससलाई नै स्रोत तथा साधन सम्पन्न बनाउन प्रदेश सरकारसँग आग्रह गर्दै राससले निकट भविष्यमा नै भिडियो सेवा पनि शुरु गर्ने जानकारी दिनुभयो ।

राससका महाप्रबन्धक ओपेन्द्र शर्माले सबै स्थानीयतहमा यो संस्थालाई विस्तार गरिने र निकट भविष्यमा प्रदेशबाट पनि बुलेटिन प्रकाशन गरिने जानकारी दिनुभयो । प्रशिक्षणमा समाचार सङ्कलन र स्थानीय समाचारदाता, नियमित र खोजपूर्ण समाचार, समाचार सम्पादन र भाषा, स्थानीयवासीको आँखामा पत्रकारिता, आलेख लेखन र संसदीय समाचार सङ्कलन, फोटो पत्रकारिता, प्रदेश सञ्चार नीति तथा सूचनाको हक एवं सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सञ्चारबारे जानकारी गराइएको थियो ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने कर्णाली प्रदेश पहिलो हो । प्रशिक्षण यही पुस ८ गतेदेखि उक्त प्रशिक्षण आयोजना गरिएको थियो ।

हुम्ला, जुम्ला, डोल्पा, कालीकोट, मुगु, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र दैलेख जिल्लाका रासस, दैनिक पत्रिका, अनलाइन, रेडियो र टिभीका ४४ पत्रकार सहभागी उक्त प्रशिक्षणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलिया, प्रदेश आन्तरिक मन्त्रालयका सचिव तोयनारायण सुवेदी उपप्राध्यापक कमलेश डिसीका साथै राससका अध्यक्ष श्यामल, सञ्चालक समिति सदस्य डिल्लीराम भट्टराई, प्रधानसम्पादक श्यामप्रसाद रिमाल, स्थानीय समाचारदाता संयोजक प्रकाश सिलवाल र फोटो पत्रकार प्रदीपराज वन्तले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमर्यादित क्रियाकलाप गरेको भन्दै ऋषि धमलालाई स्पष्टीकरण
अमर्यादित क्रियाकलाप गरेको भन्दै ऋषि धमलालाई स्पष्टीकरण
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
भन्सार अधिकृतविरुद्ध २ करोड १० लाख बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल
विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
२ सातासम्म बेपत्ता कमलाकाे आफ्नै श्रीमानले हत्या गरेकाे खुलासा
आइसीसी वरियता : दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र
आइसीसी वरियता : दीपेन्द्र विश्व वरियताको शीर्ष १० भित्र
बेनी नगरपालिका साक्षर घोषित
बेनी नगरपालिका साक्षर घोषित
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग
लियो क्लब अफ बुटवल सेन्ट्रलले गर्यो दृष्टिविहीनलाई यस्तो सहयोग
१३० कोरोना संक्रमित थपिए, काठमाडौमा ८ जना
१३० कोरोना संक्रमित थपिए, काठमाडौमा ८ जना

तपाईंले छुटाउनुभयो कि?