मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’

सारांश

  • चितवन ।
  • चितवनको ग्रामिण भेग माडीमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भव्य स्वागत गरिएको छ ।
  • माडी नगरपालिकाका मेयर ठाकुर ढकाल तथा माडीवासीले मुख्यमन्त्री पौडेलसँगै भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा लामा, प्रदेश सासंद विजय सुवेदी, कञ्चन खनाललगायतलाई स्वागत गरेका हुन् ।

चितवन । चितवनको ग्रामिण भेग माडीमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई भव्य स्वागत गरिएको छ ।

माडी नगरपालिकाका मेयर ठाकुर ढकाल तथा माडीवासीले मुख्यमन्त्री पौडेलसँगै भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा लामा, प्रदेश सासंद विजय सुवेदी, कञ्चन खनाललगायतलाई स्वागत गरेका हुन् ।

राज्यमा धेरै परिर्वतन भएपछि माडी सधैँ ओझेलमा परेको भन्दै चितवन राष्ट्रिय निकुञ्जका कारण माडीवासीले धेरै समस्या भोग्नुपरेको समस्याका बारेमा मेयर ढकालले सो अवसरमा गुनासो गरेका थिए ।

उनले निकुञ्जले अबका दिनमा माडीवासीका डोका, माछा र मासु लैजान रोक लगाए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

जंगली राहत होईन क्षतिपूर्ती दिनुहोस्, उनले भने यहाँबाट किसान आफूले उत्पादन गरेको वस्तु लैजान अब रोकिन्छ भने, डोलो, उत्पादन गरेको माछा र पकाएको मासु लिएर माडीबासीसँगै आन्दोलनमा होमिनेछु ।

उनले निकुञ्जको मातहत हामीले काम गर्नुपर्ने हुदाँ विभिन्न बाधाअड्चनका कारण आफूहरु सास्ती खेपेको भन्दै मौजुदा ऐनलाई संसोधन गर्न माग गरेका छन् । साथै प्रदेश सरकारले माडीको पुष्पलाल पार्क, एकता स्तम्भ, सहिद पार्क, मगुई खोला र कान्तिपुरको खरखटा खोला व्यवस्थापन गरि ५ योजनालाई प्रदेश योजनामा समावेश गर्न आग्रह गरेका छन् ।

सो अवसरमा बाल्दै निकुञ्जका प्रमुख संरक्षण वेदप्रसाद खड्काले निकुञ्जले धेरै ऐन संशोधन गरेकोमा निकुञ्ज विभागले नै माडी नगरपालिका हेर्नुपर्छ भनि बढी जिम्मेवारी बनेको बताउँदै माडीवासीलाई निकुञ्जले अप्ठारो नपार्ने बताए ।

कृषि उत्पादनलाई रोक्ने काम हामीले गरेका छैनौं, उनले भने यदि कसैले गरे सेनाका कर्नेल र मलाई खबर गर्नुहोस्, कृषि उत्पादन रोकिँदैन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Kam garam phulmal lagayara k Hine ho ra?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?