सन्दिप भारतमा भन्दा पाकिस्तानमा महंगा, पिएसएल खेल्ने पक्का
सारांश
- काठमाडौँ, ४ मंसिर ।
- नेपाली युवा क्रिकेट सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने पक्का भएको छ ।
- मंगलबार भएको अक्सनमा लाहोर क्वालान्दर्सले ५० हजार डलमा अनुबन्ध गरेपछि उनी खेल्ने पक्का भएको हो ।
काठमाडौँ, ४ मंसिर । नेपाली युवा क्रिकेट सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने पक्का भएको छ । मंगलबार भएको अक्सनमा लाहोर क्वालान्दर्सले ५० हजार डलमा अनुबन्ध गरेपछि उनी खेल्ने पक्का भएको हो । युवा लेग स्पिनर सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका थिए।

आईपीएल, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगात थुप्रै अन्तर्राष्टिय लिग खेली सकेका र बीग ब्यासमा पनि अनुबन्ध भइसकेका छन्। प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन्। चौथो संकरणको पाकिस्तान सुपर लिग सन् २०१९ को १७ फेब्रुअरी देखी १७ मार्च सम्म युएई र पाकिस्तानका शहरमा हुनेछ।

डबल राउण्ड रोविनका आधारमा खेलाईने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।
यसै वर्षको सुरुवातमा इन्डियन प्रिमियर लिग आइपिएलका लागि दिल्हीले सन्दिपलाई भारु २० लाखमा खरिदेको थियो । जुन उनको पहिलो स्तरिय विदेशी लिग पनि हो ।
प्रतिक्रिया