उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
उपत्यकामा तीन करिडोर निर्माण, सवारी आवतजावतमा सहज

सारांश

  • काठमाडाैं।
  • ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ।
  •   महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो।
काठमाडाैं।ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ। 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल, गोपीकृष्ण पुल र भत्केको पुलमुनिको करिडोर सञ्चालनमा ल्याएको हो। 
करिडोर सञ्चालनमा आएसँगै ठूला तथा साना सवारी साधन करिडोर हुँदै आवतजावत गर्न थालेपछि सवारी आवतजावतमा सहज हुनाका साथै दुर्घटनामा कमी आएको महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिए। 
गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकालाई नमूना राजधानीका रुपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीनमहीने कार्ययोजना बनाएर काम शुरु गरेको हो । 
महाशाखाले हालसम्म सुकेधारा, गौशालाचोक, धुम्बाराही, चप्पलकारखाना र शङ्खपार्कमा आठवटा जेब्राक्रसिङ निर्माण, चाबहिल र सुकेधारामा स्टप लाइन निर्माण, दुई हजार ६७० मोटरसाइकल तथा स्कुटरलाई ट्राफिक सचेतना कक्ष सञ्चालन गरिसकेको छ। 
यस्तै ५०१ प्रदूषण फेल भएका सवारी साधनलाई कारवाही, चावहिलदेखि सुकेधारासम्म सडकको बीच भागमा लाइन निर्माण तथा नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म, थापाथलीदेखि सोल्टीमोडसम्म र लाजिम्पाट क्षेत्रका फुटपाथ हटाइएको महाशाखाले जनाएको छ।  
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले तीनमहीने कार्ययोजना बनाएर काम गरेको जानकारी दिए। 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाभित्रको ट्राफिक सुधारका लागि कार्ययोजना महत्वपूर्ण भएको बताए। 
यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारी साधन सञ्चालनमा रहेका छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन्।  रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने
प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा सहयोग गरेको छः सभामुख
प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा सहयोग गरेको छः सभामुख
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
पूर्वी अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान आफूहरुले खसालेको तालिबानको दाबी
कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था? यी हुन् विधेयकमा भएका व्यवस्था
कस्तो बनाउने सार्वजनिक सेवा प्रसारण संस्था? यी हुन् विधेयकमा भएका व्यवस्था
१३ औंँ सागः पोखरामा धनुकाण शुरु
१३ औंँ सागः पोखरामा धनुकाण शुरु
जुवा खेल्दै गरेका ११ पक्राउ, दुई लाख ६५ हजार नगद बरामद
जुवा खेल्दै गरेका ११ पक्राउ, दुई लाख ६५ हजार नगद बरामद
आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन : प्रम ओली
आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन : प्रम ओली
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
रुसमा बन्यो कोरोनोको औषधी, जुनदेखि प्रयोगमा ल्याइने
एकवर्षपछि गौचन र तिवारी हत्याका सुटर पक्रिए
एकवर्षपछि गौचन र तिवारी हत्याका सुटर पक्रिए