सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १४, २०७७
|
|
४० पटक हेरिएको
Shares
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

सारांश

  • काठमाडौँ, १४ साउन | प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन् ।
  • अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उनले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरेका हुन् ।
  • प्रधानमन्त्री ओलीले सन्देशमा भने, “बाघ प्रकृतिको निःशुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो, यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइने भएकाले बाघ उष्ण पारिस्थितिकीय प्रणालीको उच्च तहमा पाइने मांसहारी प्रजाति भएकाले छाता प्रजाति पनि भनिन्छ ।

काठमाडौँ, १४ साउन | प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवस २०२० को उपलक्ष्यमा आज एक सन्देश दिँदै उनले नेपालले प्रतिबद्धता गरेअनुरूप नेपाल सरकारले तराईका पाँचवटा राष्ट्रिय निकुञ्जलाई समेटेर भूपरिधीयस्तरमा स्थानीय समुदाय र सरोकारवालासँग समन्वय गरी बाघ संरक्षणका गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा भने, “बाघ प्रकृतिको निःशुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरूमध्ये सबैभन्दा सुन्दर प्रजाति पनि हो, यो प्रजाति उष्ण हावापानी, सफा र स्वस्थ इकोसिस्टममा मात्र पाइने भएकाले बाघ उष्ण पारिस्थितिकीय प्रणालीको उच्च तहमा पाइने मांसहारी प्रजाति भएकाले छाता प्रजाति पनि भनिन्छ ।” बाघलाई मात्रै बचाउन सके अरु धेरै प्रजातिलाई स्वतः बचाउन सकिन्छ भन्ने मान्यता रहिआएको उनले बताएका छन् ।

बासस्थानको नाश, बढ्दो मानव वन्यजन्तु द्वन्द्व, चोरी शिकार तथा बाघका अङ्गको अवैध व्यापार, जलवायु परिवर्तनका जोखिम र रोगव्याधिले गर्दा बाघ संरक्षणका चुनौती दिनप्रतिदिन थपिँदो भएकाले विश्व संरक्षण सङ्घले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा साइटिसले अनुसूची–१ मा राखेर यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध लगाइएको स्मरण गरेका छन् । नेपालमाा सन् २०१० मा बाघको सङ्ख्या १२१ रहेकामा सन् २०१८ मा बढेर २३५ पुगेको छ ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका जोखिम र कोभिड–१९ जस्ता महामारीबाट बाघ पनि अछुतो नभएको र जलवायु परिवर्तनका जोखिमबाट बाघलाई बचाउनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित बासस्थान व्यवस्थापन गर्नुपर्ने र बाघको आहरा प्रजातिका लागि आवश्यक पर्ने घाँसेमैदान र सिमसारलगायतका पानीका स्रोतको दिगो संरक्षणमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आह्वान पनि गरेका छन् ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको बिजेश्वरीमा प्रहरीले गोली चलायो !
काठमाडौंको बिजेश्वरीमा प्रहरीले गोली चलायो !
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
सातै प्रदेशका प्रमुखलाई किन पद मुक्त गरियो?
सातै प्रदेशका प्रमुखलाई किन पद मुक्त गरियो?
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दे हिताची
एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दे हिताची
घट्दै सडक बालबालिका
घट्दै सडक बालबालिका
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने
गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने
महिला शसक्तिकरणका लागि “स्टेम” कार्यशाला
महिला शसक्तिकरणका लागि “स्टेम” कार्यशाला
साउन १ देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुने
साउन १ देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु हुने