सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
२६ पटक हेरिएको
Shares
सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु

सारांश

  • सप्तरी।
  • सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ।
  • सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो।

सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ। सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो।निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए। उनकी दिदी धरानमा बसोबास गर्ने भएकाले उतैबाट सङ्क्रमण आएको हुनसक्ने आशङ्का गरिएको छ।यसअघि असार ४ गते कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो। उनका दाजु ३२ वर्षीय देवकान्त चौधरी डेङ्गु रोगले सङ्क्रमित भई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका बेला घर फर्किएका रमाकान्तको परीक्षण गर्दा रमाकान्तमा समेत सङ्क्रमण फेला परेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी दिए। दुवै दाजुभाइ धरानमा फलामको ग्रिल बनाउने मजदुर हुन्। रमाकान्तको असार ५ गतेदेखि कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

डेङ्गुको सङ्क्रमण फेला परेपछि कञ्चनरुप र सप्तकोशी दुवै नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ। कञ्चनरुप नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले विभिन्न वडामा गई ज्वरो आएका ३१ बिरामीको रगत परीक्षण गरेको छ। डेङ्गु रोग फैलिन नदिन नगरपालिकाले जनचेतनामूलक कार्यक्रम शुरु गरेको जनाएको छ।स्थानीय एफएम रेडियोबाट सचेतनामूलक सन्देश प्रसारण, घर वरिपरि सरसफाइ, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र पानी जमिरहने ठाउँमा मट्टितेल छर्केर लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले बताए। नगरपालिकाले डेङ्गु रोग, यसका लक्षण र बच्ने उपायका विषयमा जानकारी दिन स्वयंसेविका परिचालन गरेको छ।कञ्चनरुप नगरपालिकासँग डेङ्गु परीक्षण गर्ने किट सकिएको जानकारी दिनुहुँदै स्वास्थ्य शाखा संयोजक गुप्ताले इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँ टेकुमा किटको माग गरिएको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाल एयरलाइन्सलाई
‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाल एयरलाइन्सलाई
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
माथिल्लो तामाकोशीको आर्इपिओ खुल्यो, दोलखाबासीले काठमाण्डौंबाटै आवेदन दिन सकिने
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
श्रीहजुर म तिम्रै हुँ, अरु कसैको हुन सक्दिन ः स्वेता खड्का(भिडियो सहित)
Special enrollment campaign to ensure education for all: PM Oli
१२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवा नेपाल फर्कदै
१२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवा नेपाल फर्कदै
जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौं : उपप्रधानमन्त्री श्रेष्ठ
जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौं : उपप्रधानमन्त्री श्रेष्ठ
सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क
सरकारमा नजाँदै महतो देखि भण्डारीसम्म दिल्लीतिर सुटुक्क
नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको विश्वकप खेल्ने सपना समाप्त
नेदरल्यान्ड्सको फराकिलो जित, नेपालको विश्वकप खेल्ने सपना समाप्त
जिपले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु
प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित

तपाईंले छुटाउनुभयो कि?