चाउचाउकाे प्याकेट भित्र १६ खिल्ली चुरोट !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
चाउचाउकाे प्याकेट भित्र १६ खिल्ली चुरोट !

सारांश

  • सुर्खेत, २४ भदाै ।
  • सुर्खेतमा शनिबार साँझ थुनुवालाई भेट्न गएका लालबहादुर बुढा पक्राउ परेका छन्।
  • जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थुनामा रहेका एक व्यक्तिलाई भेट्न गएका लालबहादुर बुढा पक्राउ परेका हुन् ।

सुर्खेत, २४ भदाै ।सुर्खेतमा शनिबार साँझ थुनुवालाई भेट्न गएका लालबहादुर बुढा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थुनामा रहेका एक व्यक्तिलाई भेट्न गएका लालबहादुर बुढा पक्राउ परेका हुन् ।

चाउचाउको प्याकेट भित्र चुरोट राखेर बन्दीलाई दिन खोज्दा बुढा पक्राउ परेको प्रहरीले जनाएको छ। वीरेन्द्रनगर नगरपालिका–३ एरी चोकका बुढाले लागुऔषध मुद्दाका प्रतिवादी मिलन राना मगरलाई भेट्न भनि जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । उनले थुनुवा रानालाई लगिदिएको कोशेली चाउचाउको प्याकेट भित्र चुरोट बरामद गरिएको सुर्खेत प्रहरी कार्यालयका डिएसपी एवम् प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए । थुनुवालाई दिन ल्याएका प्रिती चाउचाउको पोकामा फोडेर हेर्दा १६ खिल्ली चुरोट बरामद भएको उनले जानकारी दिए । बुढालाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?