जापानमा कामदार अभाव, नेपालीले पाउन सक्छन अवसर

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
५२ पटक हेरिएको
Shares
जापानमा कामदार अभाव, नेपालीले पाउन सक्छन अवसर

सारांश

  •   टोकियो।
  • जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ ।
  • सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ ।

 

टोकियो। जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ । सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ ।

 

जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी श्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् । कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको छ ।

 

“हामीले जनशक्तिको विकासका लागि लगानी गर्ने र चौथो औद्योगिक क्रान्तिका विषेशताहरूलाई लागु गर्ने विषय आफैमा गम्भीर अवस्थामा पुगेको छ,” श्वेतपत्रमा भनिएको छ । पछिल्ला केही दशकदेखि जनसंख्या घट्नेक्रम चलिरहेकाले त्यो समस्याबाट जापान प्रभावित भएको छ । गत सन् २०१६ मा हरेक एक हजारमा बार्षिक ७.६ प्रतिशतका दरले जन्मदर घटेको छ । यो दर सन् १८९९ पछिकै सवैभन्दा कम भएको अधिकारीहरूले बताएका छन् ।

 

जापानका प्रधानमन्त्री सिन्जे आवेले जनसंख्या न्यूनीकरणलाई नियन्त्रण गर्न चाहेको बताउँदै त्यसका लागि चरण चरणका योजनाहरु बनाइएको पनि जानकारी दिए। जापानका घट्दै गरेको जनसंख्या र बढ्दो कामदारको मागलाई ध्यानमा राखेर विभिन्न नयाँ नीतिगत व्यवस्था गर्न पनि श्वेतपत्रमा सुझाव दिइएको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?