चाेरीकाे सिक्रि दिशाबाट निस्केपछि !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
चाेरीकाे सिक्रि दिशाबाट निस्केपछि !

सारांश

  • अस्बिन खड्का,१४ साउन ।
  • विराटनगर महानगरपालिका–९ स्थित अरुणकुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्ने बहाना चाेरी भएकाे छ ।
  • इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरजकुमार नेपालले पसलमा गएर सुनको सिक्री खरीद गर्ने भन्दै लगाउने बहानामा सिक्री निलेर आफूसँग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेका थिए ।

अस्बिन खड्का,१४ साउन । विराटनगर महानगरपालिका–९ स्थित अरुणकुमार राठीले सञ्चालन गरेको राठी सुन पसलमा सिक्री किन्ने बहाना चाेरी भएकाे छ ।

इटहरी उपमहानगरपालिका–२ बस्ने ३१ वर्षीय सुरजकुमार नेपालले पसलमा गएर सुनको सिक्री खरीद गर्ने भन्दै लगाउने बहानामा सिक्री निलेर आफूसँग भएको नक्कली सुन निकालेर पसलमा फिर्ता गरेका थिए । साेही अवस्थामा उनी पक्राउ परेका छन् ।

निज नेपालले सिक्री मन नपरेको बताउँदै सिक्री फिर्ता गरेका थिए । पसलेलाई शंका लागी प्रहरीमा खबर गरेपछि वडा प्रहरी कार्यालय ‘ख’ विराटनगरले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा रहेका नेपालको शरीर खानतलासी गर्ने क्रममा सिक्री फेला नपरेपछि निलेको हुनसक्ने अनुमान गर्दै भिडियो एक्सरे गरिएको अवस्थामा पेटभित्र सिक्री देखा परेको थियो ।

त्यसपछि प्रहरी हिरासतमा अस्पतालमा बसेका युवाको आज दिशा बाट सिक्री निस्किएको र अब उसलाई चोरी को आरोपमा मुद्दा चलाउने प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Sanjay Lama

    Feri nilaunu ni sala chor lai

    Comment Author

    Sargam Sahi

    Xe bejat

    Comment Author

    Ram Kumar Shrestha

    Sake 33 kilo pachaune lai sajaye deuna

    Comment Author

    Dagal Limbu

    falam nilna laounu parne chor lai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?