प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • – सुरेन्द्रबहादुर नेपाली न्यूयोर्क, ९ असोज ।
  • प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ ।
  • भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

– सुरेन्द्रबहादुर नेपाली

न्यूयोर्क, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली तथा क्यानडाका समकक्षी ट्रुडोबीच छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरमा भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई क्यानडा सरकार र क्यानडाका जनताका तर्फबाट प्राप्त सहयोग तथा भूकम्पपछिका समयमा भएका सहयोगका लागि धन्यवाद दिएका थिए ।

क्यानडाका प्रधानमन्त्री टु्रडोले प्रधानमन्त्री स्तरमा भेटवार्ता गर्न पाउँदा र गहिरो दुईपक्षीय सम्बन्ध स्थापना गर्न पाउँदा खुशी व्यक्त गरे । संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुबै मुलुकका प्रधानमन्त्री यहाँ आइपुगेका हुन् ।

उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेहोस भएर छात्राको मृत्यु
बेहोस भएर छात्राको मृत्यु
बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
बाह्र ग्राम खैरो हिरोइनसहित तीन जना पक्राउ
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै
गर्भपतन सेवा लिन आउनेको संख्या वर्षेनी बढ्दै
कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ
कोशी अञ्चल यातायातका लेखापाल घुससहित पक्राउ
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
यस्तो छ, ५ नम्बर प्रदेशको आर्थिक सामाजिक स्थितिपत्र
यस्तो छ, ५ नम्बर प्रदेशको आर्थिक सामाजिक स्थितिपत्र
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
थपिएका ८२ कोरोना भाइरसका संक्रमित को  पूर्ण विवरण
थपिएका ८२ कोरोना भाइरसका संक्रमित को पूर्ण विवरण
Meet Television actresses who took break after embracing motherhood!
Meet Television actresses who took break after embracing motherhood!

तपाईंले छुटाउनुभयो कि?