बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २८, २०८०
|
|
५२ पटक हेरिएको
Shares
बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा डुबेर तीन बेपत्ता

सारांश

  • बर्दिया ।
  • बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।
  • बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

बर्दिया । बबई नदीमा दाउरा सङ्कलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन् ।

बगेर बेपत्ता हुनेमा गुलरिया–१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारु, गुलरिया–२ का अक्षय चौधरी र महेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।

बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए ।

पैनीमा डुबेको अवस्थामा शव फेला

सुन्दरहरैँचा– मोरङको सुन्दरहरैँचा–१२ मा एक भारतीय युवकको शव शङ्कास्पद अवस्थामा भेटिएको छ ।

भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव आज पैनीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ ।

खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

उनले घटनास्थलबाट उठाएर शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको उल्लेख गरिन् । प्रहरीले घटनाको थप अनुसन्धान सुरू गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको सम्बोधनप्रति २ नम्बर प्रदेशका राज्यमन्त्रीद्वारा कडा आपत्ति
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक
म्यानचेस्टर सिटीको जितमा फोडेनको ह्याट्रिक
अर्थोपेडिक सम्मेलन सम्पन्न
अर्थोपेडिक सम्मेलन सम्पन्न
चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
चर्चामा पानीजहाज : केपी ओलीको सपना पुरा गरिन् शितल शर्माले (भिडियोसहित)
कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै
कुन प्रदेशमा कति मन्त्रालय ? अस्थायी राजधानी तोकिदै
माेदी काठमाडाै भएकै बेला हतियारसहित ३ भारतीय प्रहरी पक्राउ !
माेदी काठमाडाै भएकै बेला हतियारसहित ३ भारतीय प्रहरी पक्राउ !
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै
सात वर्षदेखि बेनी अस्पतालको निर्माणाधीन भवन अधुरै
आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु
आफ्नै बन्दुकको छर्रा लागेर मृत्यु
चितवनमा निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण
चितवनमा निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण