सबै नागरिकले चैतसम्ममा खोप पाउने सरकारको दावी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १२, २०७८
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पुर्याउने बताएका छन् ।
  • सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैतसम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए ।
  • नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकारमाथि जनताको ठूलो अपेक्षा र भरोसा भएको उनको भनाइ छ ।

सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप पुर्याउने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–९ मा बबियामा आज नेपाली कांग्रेस वडा कमिटीले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्दै चैतसम्ममा सबै नागरिकलाई खोप प्रदान गर्ने विश्वास दिलाए ।

नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको गठबन्धनको सरकारमाथि जनताको ठूलो अपेक्षा र भरोसा भएको उनको भनाइ छ । जनताको जीउधनको, संविधान, लोकतन्त्र रक्षा गर्नाका साथै शान्ति अमनचयन कायम गर्नु अहिलेको सरकारको प्रमुख दायित्व भएको मन्त्री कार्कीले बताए ।

कार्यक्रममा समाजसेवी मौलान हारुन खाँसहित व्यक्तिले विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य तथा मन्त्री कार्की, पार्टीका जिल्ला सभापति तथा १ नं प्रदेशका प्रमुख प्रतिपक्षीदलका नेता राजीव कोइराला, सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अंसारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायत नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?