निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
४० पटक हेरिएको
Shares
निर्वाचन परिणामपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो : प्रदिप पौडेल (अन्तर्वार्ता)

सारांश

  • काठमाडौ, २७ पुस ।
  • नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेलले निर्वाचन परिणामपछि शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
  • शिखरन्यूजको विशेष अन्तर्वार्तामा बोल्दै नेता पौडेलले जनमत स्पष्ट बाम गठबन्धनतिर गएपछि पार्टी सभापति देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

काठमाडौ, २७ पुस । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदीप पौडेलले निर्वाचन परिणामपछि शेरबहादुर देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

शिखरन्यूजको विशेष अन्तर्वार्तामा बोल्दै नेता पौडेलले जनमत स्पष्ट बाम गठबन्धनतिर गएपछि पार्टी सभापति देउवाले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।

पौडेल गत प्रतिनिधिसभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभामा ५ मतले पराजित भएका हुन् । उनलाई गठबन्धनकी आशा कोइरालाले पराजित गरेकी हुन् ।

पराजित भएपछि पौडेलले सर्वोच्च अदालतमा मतगणना फेरी सत्यतथ्यसहित छानबिन हुनुपर्ने भन्दै निवेदन दिएका थिए । तर, उनको मुद्दा अदालतमा विचारधिन छ ।

पौडेलले आफूले निर्वाचन आयोगमा दिएको निवेदन पछाडी आफूलाई नबोलाएर एकैचोटि परिणाम सार्वजनिक गरेको आरोप समेत लगाए । उनले भने– ‘हामीले एउटा मतपेटिकामा भेटिएको ४२ मत कताबाट बढि आयो भनेर छानबिनको लागि निवेदन दियौं, तर निर्वाचन आयोगले गैरजिम्मेवारीपूण जवाफ दियो ।’

‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सकिएको साता दिनमा काँग्रेसले समीक्षा बैठक डाक्नुपथ्र्यो । अहिलेसम्म डाक्ने छाँककाँट छैन । यस्तो कामका लागि पनि झकझक्याइरहनुपर्ने, दबाब सिर्जना गर्नुपर्ने नेतृत्वले पार्टीलाई कहाँ पुर्याउँछ ? पार्टीभित्र गर्नुपर्ने सुधारका पाटा धेरै छन्, त्यस्तो अनुभूति नगर्ने नेतृत्वले पार्टीलाई कहाँ पुर्याउला ?’ उनले भने ।

बाँकी अन्तर्वार्ता भिडियोमा हेर्नुहोस् :-

https://www.youtube.com/watch?v=f9wOJM9j0JA

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहज सहकारीको २ करोड बढिको कारोवार, आयमुलक क्षेत्रमा लागनी लगाउनुपर्नेमा जोड
सहज सहकारीको २ करोड बढिको कारोवार, आयमुलक क्षेत्रमा लागनी लगाउनुपर्नेमा जोड
यो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष काम दिन सक्छ ( डा. प्रेम ज्ञवाली)
यो मृगौलाले प्रधानमन्त्री ओलीलाई १५ वर्ष काम दिन सक्छ ( डा. प्रेम ज्ञवाली)
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक
उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक
कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
कोशीबाट एमालेका दुई र कांग्रेसका एक सदस्य निर्वाचित
नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप
नेत्री सुचीलाई उपचार र खानाबाट वञ्चित गरिएको आरोप
मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
यस्तो छ दुई पार्टी एकताको तयारी
यस्तो छ दुई पार्टी एकताको तयारी
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
एकै परिवारका ५ जनालाई खोलाले बगायो
एकै परिवारका ५ जनालाई खोलाले बगायो