सभापति देउबा निरंकुश बनेको नेता केसीको भनाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सभापति देउबा निरंकुश बनेको नेता केसीको भनाई

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढंगबाट नभई निरंकुश ढंगबाट चलेको आरोप लगाएका छन् ।
  • नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्ति प्रधान भएर गरिएका निर्णय मान्य नहुने बताए ।
  • पार्टी पदाधिकारीमा सामूहिक नेतृत्वमा जानुपर्ने भन्दै उनले व्यक्तिमुखी हुँदा नेपाल विद्यार्थी संघ पनि संस्थागत हुन नसकेको आरोप लगाए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी नेतृत्व प्रजातान्त्रिक ढंगबाट नभई निरंकुश ढंगबाट चलेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी संस्थामुखी नभई व्यक्तिमुखी भएको भन्दै व्यक्ति प्रधान भएर गरिएका निर्णय मान्य नहुने बताए ।

पार्टी पदाधिकारीमा सामूहिक नेतृत्वमा जानुपर्ने भन्दै उनले व्यक्तिमुखी हुँदा नेपाल विद्यार्थी संघ पनि संस्थागत हुन नसकेको आरोप लगाए । उनले पार्टी संस्थागत संरचनाको नयाँ दिशामा प्रवेश गर्न लागेकाले आगामी दिनमा विधि र प्रक्रियासम्मत ढंगले अगाडि बढ्ने बताए । नेता केसीले संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि सरकार नै अनिच्छुक देखिएकाले गणतन्त्र संस्थागत हुन नसकेको धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?