विश्लेषक डा. सुरेन्द्र केसीलाई करिष्मा मानन्धरको कडा चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
विश्लेषक डा. सुरेन्द्र केसीलाई करिष्मा मानन्धरको कडा चेतावनी

सारांश

  • अभिनेत्री करिष्मा मानन्धर विश्लेषक डा.
  • सुरेन्द्र केसीमाथि खनिएकी छिन् ।
  • डा.

अभिनेत्री करिष्मा मानन्धर विश्लेषक डा. सुरेन्द्र केसीमाथि खनिएकी छिन् । डा. केसीको व्यक्तित्व बुझ्न नसकिएको भन्दै उनले फेसबुकमा लामै स्टाटस लेख्दै आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । समय समयमा डा. केसीका भनाईहरु र राजनीतिक अवस्थाप्रति गरेको टिप्पणी र विश्लेषण सामाजिक सञ्जालहरुमा हेर्ने गरेको तर केसीले के बोलेको भने थाहा नपाएको करिष्माले स्टाटसमा लेखेकी छिन् ।

मंगलबार फेसबुकमा निकै लामो स्टाटस लेख्दै करिष्माले डा. केसीमाथिको भडास पोखेकी हुन् । केसीले हालैकौ एउटा अन्तरवार्तामा सिनेमा क्षेत्रका मानिसहरुले आफ्नै आचरण र व्यवहारका कारण आफुलाई निम्नस्तरको देखाइरहेका छन् भनेर करिष्माका श्रीमान विनोद मानन्धरको नाम उल्लेख गरेका थिए । उक्त अन्तरवार्ता हेरेपछि करिष्माको पारो तात्यो ।

र, तत्कालै फेसबुकमा स्टाटस लेखिन् डा. सुरेन्द्र केसी विश्लेषक बोलिरहनुहुन्छ, तर कहिलेकाँही के बोल्नु हुन्छ, त्यो उहाँको बोलाइको आधारमा उहाँका व्यक्तित्व अन्दाज गर्न मुस्किल भयो । करिष्मा रिसाउनुको कारण चाँही हालैको एउटा घटना मुख्य कारण रहेछ । केही दिन अघि पोखरामा डा. केसीलाई देखेपछि विनोद मानन्धर आफै केसी भएको ठाउँमा गएर भेटेछन् र म करिष्मा मानन्धरको श्रीमान भन्दै परिचय दिएछन् ।

विनोद मानन्धरले करिष्माकको श्रीमान भनेर आफुलाई चिनाएको प्रसंगलाई केसीले कुनै अन्तरवार्तामा लगेर जोडेछन् । श्रीमतीको नामबाट आफुलाई चिनाएका कारण विनोद मानन्धरले आफ्नो इज्जत घटाएर भनेर अन्तरवार्ता दिएको करिष्माले आफ्नो स्टाटसमा लेखेकी छिन् ।

करिष्मा मानन्धरको फेसबुक स्टाटस यस्तो छ
डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाही के बोल्नु हुन्छ के !!!त्यो वाहाको बोलाइको आधारमा वहाको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !!
हालै एउटा अन्तरवार्तामा वाहाले भन्नू भयेको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेका छन र उदाहरण दिदा मेरो श्रीमान बिनोद जी को नाम लिनुभएको रहेछ ।

पोखरामा बिनोद जी ले वाहालाई देखेपछि आफै गएर भेट्नु भयोरे अनि म करिश्माको श्रीमान भन्नू भयो रे तेस्ले बिनोद जी ले आफ्नो इज्जत घटाउनु भयो रे !! वाहाले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे एस्ता त छन अनि के इज्जत हुनुरे ! ( बिनोद मानन्धर , ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति ) येदि करिश्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जी ले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?

वाहाजस्तो व्यक्तित्व बाट मैले यो आसा गरेको थिइन ।
जबकी जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भयेर भन्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेनी , म आफै बोल्न गए , ( बिनोद जी ले सुरेन्द्र के.सी को सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र वाहाको भनाइ मनपराउनु हुन्छ )

बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेको ले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा . के सी ? जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ । अनि जो मनिस तपाईंको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उस्को बडप्पन हुन्छ ।

तेइबेला तपाई , बिनोद र मेरि छोरी कविताको युटुब कुराकानी जब मेरो छोरिले सेयर गरन ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु म संग रिसाएको थियो !! त्यो तपाईं प्रती उस्को सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारण पन देखेर तपाईंको आनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।

आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस । बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन ।सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाले तपाईंले जस्तो अरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न । अब आइन्दा बोल्दा विचार गर्नुहोला । सबैले सहदैनन। हामीले तपाईंको केही खाएको छैन ।

https://www.facebook.com/karishma.manandhar.3/posts/2428687957208034

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?