एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु : धुर्मुस (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
एक रुपैयाँ हिनामिना गरेको प्रमाणित भए झुण्डिन तयार छु : धुर्मुस  (भिडियोसहित)

सारांश

  • काठमाडौं, २४ पुस ।
  • कलाकार तथा समाजसेवी सिताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पारेका छन् ।
  • टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै कट्टेलले पैसाको काम गर्ने सिलसिलामा अनियमितताको आशंका हुनु स्वभाविक भए पनि धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग आएको पैसा पारदर्शी ढंगले परिचालन भइरहेको बताएका हुन् ।

काठमाडौं, २४ पुस । कलाकार तथा समाजसेवी सिताराम कट्टेलले समाजसेवाका लागि अहिलेसम्म उठेको रकम हिनामिना नभएको स्पष्ट पारेका छन् ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै कट्टेलले पैसाको काम गर्ने सिलसिलामा अनियमितताको आशंका हुनु स्वभाविक भए पनि धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग आएको पैसा पारदर्शी ढंगले परिचालन भइरहेको बताएका हुन् ।

समाजसेवाका लागि उठाइएको रकमबाट एक रुपैयाँ मात्रै हिनामिना भएको प्रमाणित भए पनि आफू मर्न तयार रहेको धुर्मुसले बताए । ‘एक रुपैयाँ मात्रै पनि मैले खाएको रहेछु भने म मरे सरह हो,’ उनले भने ।

हालसम्म देश–विदेशमा रहेका नेपालीबाट १७ करोड रुपैयाँ संकलन भएको र त्यो पैसा वस्ति निर्माणमा प्रयोग गरिएको उनले बताएका छन् । पछिल्लो समय फाउन्डेसनले विश्वले चिन्ने गरी नमुना नेपाल निर्माण गर्ने अभियानमा लागेका छन् ।

‘ड्रिम प्रोजेक्ट’ नमुना नेपाल बनाउन धुर्मुस–सुन्तलीले दक्षिणी ललितपुरको लेलेमा जग्गा पाएको छ । विभिन्न जिल्लाका २२ ठाउँको अवलोकनपश्चात नमुना नेपाल ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेलेस्थित खावा डाँडामा जग्गा फेला परेको सीताराम कट्टेल ‘धुर्मुस’ले जानकारी दिए ।

हेर्नुहोस् बाँकी भिडियोमा ।

 

(https://welterheating.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ