सभामुखको निर्वाचन हुँदै, संसद बैठक सुरु (लाईभ)

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १२, २०७६
|
|
३२ पटक हेरिएको
Shares
सभामुखको निर्वाचन हुँदै, संसद बैठक सुरु (लाईभ)

सारांश

  • काठमाडौं, १२ माघ ।
  • प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन अहिले केहीबेरपछि हुँदैछ ।
  • प्रतिनिधिसभाको बैठक अहिले जारी छ ।

काठमाडौं, १२ माघ । प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन अहिले केहीबेरपछि हुँदैछ । प्रतिनिधिसभाको बैठक अहिले जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले आफ्नो धारणा राखिरहेका छन् ।

सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वा्चित भएको घोषणा गरिनेछ ।
सो प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्ण छन् ।

यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएकी थिईन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?