बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा

सारांश

  •   काठमाडौ ।
  • सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरुको पहल विमस्टेक शिखर सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।
  • यही भदौ १४ र १५ मा काठमाडौंमा आयोजना हुन लागेको बिमस्टेक शिखर सम्मेलनमा सदस्य देशका कार्यकारी प्रमुखहरु सहभागी हुँदैछन् ।

 

काठमाडौ । सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीका राष्ट्रहरुको पहल विमस्टेक शिखर सम्मेलनको तयारी पूरा भएको जनाएको छ । यही भदौ १४ र १५ मा काठमाडौंमा आयोजना हुन लागेको बिमस्टेक शिखर सम्मेलनमा सदस्य देशका कार्यकारी प्रमुखहरु सहभागी हुँदैछन् ।

 

म्यान्माको नेपिट्मा सन् २०१४ को मार्चमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि नेपालले उक्त उपक्षेत्रीय सङ्गठनको अध्यक्षता ग्रहण गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् ।परराष्ट्र मन्त्रालयले चौथो शिखर सम्मेलन र त्यससम्बन्धी बैठकहरुमा बिमस्टेक सदस्य देशहरुले सहभागिताको सुनिश्चितता गरेको जनाएको छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार, सबै सदस्य देशका कार्यकारी प्रमुख आउने निश्चित भएको छ । विम्स्टेक शिखर सम्मेलनको पूर्व सन्ध्यामा भदौ १२ र १३ मा सदस्य राष्ट्रहरुका परराष्ट्र मन्त्रीहरुको बैठक बस्नेछ । तथा १३ गते बिम्स्टेकका परराष्ट्रमन्त्रीहरुको १६ औँ बैठक काठमाडौँमा हुनेछ ।

 

राष्ट्रका कार्यकारी प्रमुखहरुलाई भदौ १४ मा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गरेकी छिन् । सोही दिन साँझ विमस्टेकका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र प्रमुख र सरकार प्रमुकहरुको सम्मानमा रात्रीभोज आयोजना गर्ने भएका छन् ।

 

पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको शिखर सम्मेलनमा समीक्षा हुुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ ।

बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा गरेको छ । सम्मेलनमा भाग लिन आउने भारतसहित ६ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले प्रयोग गर्ने बुलेटप्रुफ सवारी र नेटवर्क ह्याक गर्ने जामर जडित सवारी भाडामा ल्याउन अर्थले गृह मन्त्रालयका नाममा २ करोड निकासा गरेको हो ।

 

 

विमस्टेकमा नेपाल, भारत, बंगलादेश, थाइल्याण्ड, भुटान, म्यानमार र श्रीलंका सदस्य छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ चान ओचा, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र म्यानमारका राष्ट्रपति विन मिन्त सम्मेलनमा भाग लिन आउनेछन् । सम्मेलनमा आउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील चढ्ने कार भने भारतबाटै ल्याइने छ ।

 

दुई दिने सम्मेलनका क्रममा सबै क्षेत्रका सहयोगका सम्बन्धमा समीक्षा गरिनेछ र भदौ १५ मा सम्मेलनबाट काठमाडौं घोषणापत्र जारी हुनेछ । सम्मेलनका क्रममा यातायात सम्पर्कसञ्जाल, उर्जा तथा प्रसारणलाइन, जलवायु परिवर्तन र हरित अर्थतन्त्र तथा आतंकवाद नियन्त्रणका बारे छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?