मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
२७ पटक हेरिएको
Shares
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा

सारांश

  • तेह्रथुम, २ पुस, जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो ।
  • पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो ।
  • त्यहाँको जनजीवन र जीवनशैली पनि देख्नुभयोे तर उहाँलाई आफूले पढेको विद्या र जजमानी पेसाभन्दा त्यहाँको व्यावसायिक खेती र जीवनशैलीले प्रभावित पा¥यो ।

तेह्रथुम, २ पुस, जिल्लाको फेदाप गाउँपालिका–३, जलजलेका ५५ वर्षीय दयाराम भट्टराई एसएलसी सम्मको पढाइपछि २०४५ सालमा संस्कृति पढ्नका लागि बनारस जानुभयो । पण्डित बन्ने सोचमा रहनुभएका उहाँले जाँदा÷आउँदा सिक्किम, दार्जिलिङ घुम्ने मौका पाउनुभयो । त्यहाँको जनजीवन र जीवनशैली पनि देख्नुभयोे तर उहाँलाई आफूले पढेको विद्या र जजमानी पेसाभन्दा त्यहाँको व्यावसायिक खेती र जीवनशैलीले प्रभावित पा¥यो ।
दार्जिलिङवासीले गरेको व्यावसायिक खेती देखेपछि भट्टराईले गाउँ फर्किएर आव २०४२÷०४३ बाटै गाउँमा अदुवा खेती अभियान चलाउनुभयो । शुरुमा उहाँ आफैँले र सँगसँगै छिमेकीलाई पनि अदुवाको व्यावसायिक खेतीमा लाग्न सुझाउनुभयो ।

विसं २०५१ तिर गाउँका धेरैले अदुवा रोपिसकेका थिए । जान्ने बुझ्नेले व्यावसायिक रुपमै अदुवाखेती लगाउन थालेका थिए । परम्परागत बालीभन्दा बढी आम्दानी दिने भएपछि भट्टराईले अदुवा खेतीलाई व्यावसायिक बनाउनुुभयो र ०५२ सालमै रु ९० हजारको अदुवा बेचेको उहाँ जानकारी दिनुभयो ।
विसं०५४ सालपछि अदुवाको बजार झण्डै एक दशकसम्म निरन्तर ओरालो लाग्यो । त्यतिबेला अदुवा तीन÷चार रुपैयाँ प्रति केजीले कारोबार भएको भट्टराईको गुनासो थियो ।

“मैले अदुवाखेती गरेको एतिका वर्षमा उही अदुवा प्रति केजी तीन रुपैयाँले पनि बेचेको छु।’’ उहाँले भन्नुभयो “अनि कुनै वर्ष प्रति केजी ११० रुपैयाँले पनि कारोबार गरेको छु ।” बजारमा ह्वात्तै गिरेको अदुवाको शाख ०६१ सालपछि फेरि उदायो ।

विसं २०६१ मा आफूले अदुवा रू ११० प्रति केजीले बेचेकोे वर्ष रू एक लाख आम्दानी भएको थियो । त्यसयता उहाँले हरेकवर्ष कम्तीमा रू ३०÷४० हजारदेखि डेढ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
गाउँ–गाउँमा अधिक मात्रामा अदुवा उत्पादन हुन थालेपछि विसं २०७० पछि फेरि अदुवाले बजार पाउन छाडेको उल्लेख गर्दै भट्टराईले २०७१ सालमा अदुवाको मूल्य प्रतिकिलो पुनः ३–४ रुपैयाँमा झरेको बताउनुभयो । सो वर्ष धेरैले अदुवाबारीमै राख्दा–राख्दै कुहिएको पनि थियो । त्यसयता भट्टराईले अदुवाको बजार पर्खिएर सोहीअनुसार खेती लगाउँदै आउनुभएको छ ।

यो वर्ष भट्टराईले बीउका लागि मात्रै अदुवा रोप्नुभएको छ । यो वर्ष आफूले दुई क्वीन्टल मात्रै रोपेको र त्यसबाट करिब १५ क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । त्यसले आफूसहित माग गर्ने अरु कसैलाई समेत बीउको रुपमा काम गर्ने उहाँले बताउनुभयो ।
“गतवर्ष पनि खासै भाउ थिएन, योवर्ष पनि अदुवाको याम शुरु हुँदै निकासीमा समस्या छ, खासै भाउ नपाउला, त्यही भएर मैले बीउका लागि मात्र खेती गरेको हूँ,” भट्टराईले भन्नुभयो ।
विसं २०५१ सालयता अहिलेसम्म निरन्तर अदुवाखेती लगाउँदै आउनु भएका उहाँ गाउँमा अदुवा विशेषज्ञ जस्तै हुनुभएकाले उहाँलाई अदुवाखेतीका अभियन्ताको रुपमा चिनिन्छ । जलजले गाउँका झण्डै पाँच सय बढी घरधुरीले अहिले अदुवाखेती लगाएका छन् ।
भट्टराईलाई गतवर्ष जिल्ला कृषि विकास कार्यालयले उत्कृष्ट कृषक पुरस्कारबाट समेत सम्मान गरेको थियो ।
केही वर्षयता अदुवामा रोगको संक्रमण बढेकाले नेपाली अदुवाको गुणस्तर घटेको भट्टराईले बताउनुभयो । गुणस्तर घटेपछि अन्तर्राष्ट्रिय बजारमा अदुवाको माग घटेको उहाँको बुझाइछ । त्यसकारण अदुवाको मूल्य घटेकाले अदुवाको व्यावसायिक खेती संकटमा परेको भट्टराईले जानकारी दिनुभयो ।
गाउँमा अदुवासहित कृषि कर्ममै लागौँ भनेर ‘रुखो, पाखो बचाऔँ, एक पटक श्रम देउ, फि¥योभने लिन जाउ’ भन्दै अभियान थाल्नुभएका भट्टराईको गाउँ अहिले हरियाली भएको छ । उहाले भन्नुभयो, ‘पहिले हाम्रो मेहेरबुङ गाउँको नाम सुन्दै कहालिलाग्दो अवस्था थियो, न पानी थियो, न हरियाली, रुख बुट्टा नै ।’ गाउँका अधिकांशले पाखो बारी खनजोत गरेर बाली लगाएपनि उत्पादन भने हुँदैनथ्यो । उहाँले त्यही उत्पादन नहुने जमिन बाँझो जमिनलाई विकास गर्न भन्नुभयो, अनि त्यो बाँझो पाखामा अम्रिसोलगायत नगदेबाली लगाउन सुझाउनु पनि भयो । अहिले मेहरबुङमा खानेपानीका मुहान रसाएर स्थानीयवासीलाई पानी पुग्दो भएको भटृराईले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
बक्यौता नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट
उपप्रधान एंव परराष्ट्रमन्त्री महरासँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट
गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टै विमानस्थलमा सफ्टवेयर नचल्दा डामाडोल….
गृहमन्त्रीले अनुगमन गरेको भोलिपल्टै विमानस्थलमा सफ्टवेयर नचल्दा डामाडोल….
दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन
दलित आयोग तीन वर्षदेखि पदाधिकारीविहीन
बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु : मन्त्री महासेठ
बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन सुरु : मन्त्री महासेठ
निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव
निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको सुझाव
गृहमन्त्री थापाको ब्रिफिङ पछि महानिरीक्षक अर्याल बिदामा !
गृहमन्त्री थापाको ब्रिफिङ पछि महानिरीक्षक अर्याल बिदामा !
काफल बेचेर दैनिक दुई हजार आम्दानी
काफल बेचेर दैनिक दुई हजार आम्दानी
साढे ३३ किलो सुन प्रकरणः बहस छिटो सक्न न्यायधिसको आदेश
साढे ३३ किलो सुन प्रकरणः बहस छिटो सक्न न्यायधिसको आदेश

तपाईंले छुटाउनुभयो कि?