उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ४, २०७६
|
|
४७ पटक हेरिएको
Shares
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ

सारांश

  • सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ ।
  • प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभयो ।
  • अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो ।

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को पाँचौँ अधिवेशन नयाँ बानेश्वरस्थित संसद् भवनमा आजदेखि शुरु भएको छ । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभयो । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो ।

नेपालको संसदीय इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो । विधेयक अधिवेशनलाई यस पटक सभामुख चयन गर्नेुपर्ने दायित्वसमेत थपिएको छ । सङ्घीय संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि हाल सभामुख पद खाली छ ।

सभामुख रिक्त हुनाले उपसभामुख तुम्बाहाङ्फेले अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभएको हो । यौन दुव्र्यवहार आरोप लागेपछि सभामुखबाट राजीनामा दिनुभएका महरा अहिले अदालतको आदेशमा अनुसन्धान र पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । आजका दिनसम्म कसलाई सभामुख बनाउने भन्नेबारे सत्तारुढ दल नेकपाले निर्णय गरिसकेको छैन । सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिङ्गको हुनुुपर्ने संवैधानिक व्यवस्था छ ।

उक्त व्यवस्थानुसार उपसभामुखलाई नै सभामुख बनाउने वा उहाँलाई राजीनामा गराएर अर्काे सभामुख चुन्ने भन्ने प्रश्नको सम्बोधन हुन बाँकी नै छ । नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राजनीतिक सहमतिपछि यस अधिवेशनले अन्तिम रुप दिनुपर्ने कार्यभार छ ।

बैठकको प्रारम्भमा उससभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को पाँचौँ अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान पु¥याउने ज्ञातअज्ञात शहीदप्रति एक मिनेट मौनधारण पनि गरिएको थियो । राष्ट्रपति भण्डारीले गत मङ्सिर २४ गते सङ्घीय संसद्को पाँचौँ अधिवेशन आजदेखि शुरु हुने गरी आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘देउवाको क्रियाकलापले उहाँको कार्यक्षमतामै प्रश्नचिह्न खडा’
‘देउवाको क्रियाकलापले उहाँको कार्यक्षमतामै प्रश्नचिह्न खडा’
आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व
आमा अभिनेत्रीको जिम्मेवारी र दायित्व
अध्यक्ष प्रचण्डलाई किन भेटे तुलसीपुर उपमहानगरका मेयर पाण्डेले ?
अध्यक्ष प्रचण्डलाई किन भेटे तुलसीपुर उपमहानगरका मेयर पाण्डेले ?
मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र
मधेसमा राजनीति भेटघाटमा सक्रिय पूर्वराजा ज्ञानेन्द्र
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
कोपा अमेरिकाः समूह विजेता बन्दै उरुग्वे क्वाटरफाइनलमा
कोपा अमेरिकाः समूह विजेता बन्दै उरुग्वे क्वाटरफाइनलमा
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ
उदयपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा १ युवकको मृत्यु
उदयपुरमा करेन्ट लगाएर माछा मार्ने क्रममा १ युवकको मृत्यु
कांग्रेस र राजपाका कायर्यकर्ताबीच झडप हुँदा मतदान स्थगित, प्रहरीद्वारा ४ राउण्ड हवाइ फायर
‘ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी छ’
‘ज्योतिष विद्यालाई सबैको पहुँचमा पुर्‍याउन जरुरी छ’