नौ महिनामा झन्डै सात लाख पर्यटक भित्रिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०८०
|
|
२१ पटक हेरिएको
Shares
नौ महिनामा झन्डै सात लाख पर्यटक भित्रिए

सारांश

  • काठमाडौँ ।
  • पर्यटन सिजन सुरु भएसँगै सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
  • अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

काठमाडौँ । पर्यटन सिजन सुरु भएसँगै सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

योसँगै सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरूको सङ्ख्या ६ लाख ९२ हजार ३७२ पुगेको छ । यो कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९०.९८ प्रतिशतको रिकभरी हो ।

सन् २०२३–२०३३ पर्यटन दशक घोषणा गरेको सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सिजन–अफ सिजन गरी ९ महिनामा करिब ७ लाख पर्यटक भित्रिएकोमा बाँकी ३ महिना राम्रो सिजन भएकाले सरकारी लक्ष्य पूरा हुने पर्यटन बोर्डको भनाइ छ ।

खासगरी अंग्रेजी वर्षको सुरुवातसँगै पर्यटन सिजन सुरु हुनेमा वैशाख, जेठ, असार र साउन चार महिना वर्षातका कारण अफ सिजन मानिन्छ । त्यसपछि भने शरद ऋतु लागेसँगै मौसमका कारण पर्यटक भित्रिन सुरु गर्छन् ।

बोर्डका अनुसार सेप्टेम्बर महिनामा भित्रिएका कूल पर्यटकहरूमध्ये सबैभन्दा बढी भारततर्फबाट २८ हजार ६९४ जना भित्रिएका छन् भने उत्तरतर्फ चीनबाट ८ हजार १७४ जना, अमेरिकाबाट ७ हजार ३६४ जना, बंगलादेशबाट ३ हजार ७१६ जना, अस्ट्रेलियाबाट ३ हजार ६८५ जना, बेलायतबाट ३ हजार ६४० जना भित्रिएका छन् ।

यसैगरी जर्मनीबाट २ हजार ८५२ जना भित्रिएकामा सोही समयमा यता साउथ कोरियाबाट २ हजार १८ जना र इजरायलबाट १ हजार ७३४ जना भित्रिएको बोर्डले जनाएको छ ।

यो तथ्याङ्क हवाई मार्ग हुँदै आउनेहरूको मात्र हो । स्थल मार्ग (सडक यातायात) मार्फत आउने पर्यटकहरूको सङ्ख्या यसको दोब्बर हुने बोर्डको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?