अाफ्ना ६ सय कर्मचारीलाई कार उपहार दिने यी व्यापारी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
अाफ्ना ६ सय कर्मचारीलाई कार उपहार दिने यी व्यापारी !

सारांश

  • काठमाडौं,९ काक्तिक ।
  • भारतका हिरा ब्यापारी सब्जीभाईको अहिले सामाजिक संञ्जालमा चर्चाका पात्र बनेका छन ।
  • अहमदाबादका ति चर्चित उद्योगपति तथा समाजसेवी सब्जीभाई ढोलकियाले आफ्ना कर्मचारीलाई यस वर्षको दिपावलीमा आफ्ना कामदारहरुलाई ६ सय कार उपहार दिने घोषणा गरेर सबैलाई अचम्म पारिदिएका छन ।

काठमाडौं,९ काक्तिक । भारतका हिरा ब्यापारी सब्जीभाईको अहिले सामाजिक संञ्जालमा चर्चाका पात्र बनेका छन । अहमदाबादका ति चर्चित उद्योगपति तथा समाजसेवी सब्जीभाई ढोलकियाले आफ्ना कर्मचारीलाई यस वर्षको दिपावलीमा आफ्ना कामदारहरुलाई ६ सय कार उपहार दिने घोषणा गरेर सबैलाई अचम्म पारिदिएका छन ।

श्री हरिकृष्णा एक्सपोर्टका दिव्यांग कर्मचारी र हिरा कागिरहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट कारको चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।सब्जीभाईले यस्ता उपहार पहिलोपटक भने दिएका होइनन् । यसअघि पनि उनले आफ्ना कर्मचारीहरुलाई कुनै बेला घर, फ्लयाट त कुनै बेला महंगा कारहरु उपहारस्वरुप दिँदै आईसकेका थिए । डायमण्ड कम्पनी श्री हरिकृष्णा एक्सपोर्टका मालिक सब्जीभाई ढोलकिया मूलरुपमा रौराष्ट्रको पाटीदार समुदायका हुन । पढाई गर्न नसकेपछि उनी सूरतमा हिरा कारिगरको रुपमा काम गर्न थालेका थिए ।

मजदूरको रुपमा काम शुरु गरेका उनले बिस्तारै आफ्नै कम्पनी खोलेर प्रसिद्ध कमाउन सफल भएको जानकारी उनले बेला–बेलमा दिदै आएका छन।लोयल्टी कार्यक्रम अन्तर्गत सन् २०११ मा उनले आफ्ना मेहनती, कुशल र इमान्दार कारिगरहरुलाई उपहार दिन शुरु गरेका थिए । कम्पनीमा १५ सय कर्मचारी र कारिगर काम गर्छन् जस मध्ये ६ सय जनालाई कार उपहारको रुपमा प्रदान गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?