‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०८०
|
|
३२ पटक हेरिएको
Shares
‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

सारांश

  • काठमाडौं।
  • सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन्।
  • शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन्।

काठमाडौं। सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन्। शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन्।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गरेका छन्। यद्यपि चलचित्र पूर्णरूपमा राजनीतिमै केन्द्रित भने नरहेको निर्देशक चौलागाईंले बताइन्। “हाम्रो दैनिक जीवन राजनीतिबाट टाढा छैन, चलचित्रमा सामाजिक विषयवस्तु पनि समावेश छ”, उनले भनिन्।

चलचित्रमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छन्। राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताइन्।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायतले अभिनय गरेकी छन्।

बिहीबारदेखि नै प्रदर्शन गरिएको अर्को चलचित्र ‘गणपति’लाई सविन अधिकारीले निर्देशन गरेका छन्। उनकै लेखन रहेको सो चलचित्रमा निःसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ।

चलचित्रमा मुुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुस्कर गुरुङलगायतले अभिनय गरेका छन्। अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताए।

उनले भने, “यो केही फरकरूपमा तयार भएको छ। यसमा अभिनय गर्दा पात्रमै रहेर केही समय बिताएको थिएँ।” चलचित्रमा हरिबहादुर घलेले छायाँकन, विपिन मल्लले सम्पादन र कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास
राष्ट्रिय गौरवको प्रादेशिक सडक शिलान्यास
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत
डडेल्धुरामा देउवा हराउन जनमोर्चाले गर्‍यो यस्तो निर्णय
डडेल्धुरामा देउवा हराउन जनमोर्चाले गर्‍यो यस्तो निर्णय
सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी
सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी
कंकालीमा वनभोज गएका किशोरको डुवेर मृत्यु
कंकालीमा वनभोज गएका किशोरको डुवेर मृत्यु
अलविदा आत्मिय पत्रकार मित्र कर्ण बोहोराजी…
अलविदा आत्मिय पत्रकार मित्र कर्ण बोहोराजी…
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलायो
अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलायो
सुन तस्करी गोरेलाई रिहा गर्न नेपाल सरकारका मन्त्रीको सार्वजनिक रुपमा आह्वान भएपछि…
टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)
टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

तपाईंले छुटाउनुभयो कि?