हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
सारांश
- काठमाडौं ।
- भक्तपुरमा हनुमन्ते खोलाको बाढी पसेर डुबानमा परेका बस्तीका स्थानीय बासिन्दालाई उद्दार गर्न सेनाको टोली खटिएको छ ।
- नेपाली सेनाले डुंगा सहित उद्दारका लागि खटिएको हो ।
काठमाडौं । भक्तपुरमा हनुमन्ते खोलाको बाढी पसेर डुबानमा परेका बस्तीका स्थानीय बासिन्दालाई उद्दार गर्न सेनाको टोली खटिएको छ ।
नेपाली सेनाले डुंगा सहित उद्दारका लागि खटिएको हो । स्थानीयबासीका अनुसार बाढीले जलमग्न भएको भक्तपुरको जगाती र बाराहीमा रहेको बस्तीमा पानी पसेको छ।
बाढीका कारण अधिकांश घरका पहिलो तला डुबानमा परेको देखिन्छ । डुबानका कारण स्थानीय घरबाट बाहिर निस्कन सकेका छैनन्।
हनुमन्ते खोलाको पस्दा बस्ती डुबानमा परेको हो । स्थानीयको घरघरमा पानी पसेका कारण घरमा फसेकाहरुको उद्दारका लागि सेनाको टोली खटिएको हो।
यस्तै, मध्यपुरथिमिका राधेराधे, भाटभटेनी रहेको क्षेत्रमा समेत पानी जमेका कारण जनजीवन अस्तव्यस्त भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया