समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२३ पटक हेरिएको
Shares
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने

सारांश

  • काठमाडौं, २१ बैशाख ।
  • विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने निर्णय सरकारले गरेको छ ।
  • समितिहरुको बैंक खाता रोक्का गर्ने र एउटा मात्रै सवारीसाधन भए पनि दर्ता गर्ने निर्णय सरकारले गरेको छ ।

काठमाडौं, २१ बैशाख । विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने निर्णय सरकारले गरेको छ । समितिहरुको बैंक खाता रोक्का गर्ने र एउटा मात्रै सवारीसाधन भए पनि दर्ता गर्ने निर्णय सरकारले गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो । यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समितिका पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउने छ । बैठकले सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात महासंघ र समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । खाता रोक्का लागि विभागले अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई लेखेर पठाउने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

बैठकले यातायात सेवा सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ । साथै विमा लगायतका केही जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएको छ । तर, सिन्डिकेट अन्त्यको निर्णयबाट सरकार पछि नहट्ने गृह र यातायातमन्त्री दुबैले अडान दोहोराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?