आज राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ दिलाउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
१९ पटक हेरिएको
Shares
आज राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ दिलाउने

सारांश

  • काठमाडौं, ३० फागुन- नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको आज बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण हुँदैछ ।
  • वर्तमान राष्ट्रपति समेत रहेकी भण्डारीले हिजो मंगलबार ३९ हजार २७५ मतभार लिएर प्रतिस्पर्धी लक्ष्मी राईलाई पराजित गर्दै निर्वाचित भएकी हुन् ।
  • प्रतिस्पर्धी राईले ११७३० मतभार पाएकी छन् ।

काठमाडौं, ३० फागुन- नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको आज बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण हुँदैछ । वर्तमान राष्ट्रपति समेत रहेकी भण्डारीले हिजो मंगलबार ३९ हजार २७५ मतभार लिएर प्रतिस्पर्धी लक्ष्मी राईलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । प्रतिस्पर्धी राईले ११७३० मतभार पाएकी छन् ।

संविधान अनुसार प्रधान न्यायाधीशले राष्ट्रपतिलाई सपथ दिलाउनुपर्ने व्यवस्था छ । प्रधान न्यायाधीश गोपाल पराजुलीका विषयमा सार्वजनिक रुपमै विवाद भएपछि कसले सपथ गराउने भन्नेसमेत विवाद बढेको थियो । पराजुलीका विषयमा नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममितिका विषयमा टिप्पणी भएको हो । तर, तत्कालका लागि सपथ लिने अर्को कुनै विकल्प देखिएको छैन ।

कार्यक्रम अनुसार सोही अनुसार दिउसो ४ बजे प्रधान न्यायाधीश गोपाल पराजुलीले नव निर्वाचित राष्ट्रपति भण्डारीलाई सपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशसभाका सांसदहरूको निर्वाचन मण्डलबाट बहुमत प्राप्त गर्ने व्यक्ति निर्वाचित हुने व्यवस्था छ। राष्ट्रपतिको निर्वाचनमा ५२ हजार ५ सय मतभार भएको थियो । राष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ छ भने प्रादेशिक संसद्को मतभार ४८ रहेको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    All the best madam. Take oath in the name of Late Madam’s Dream to be fulfilled.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?