समितिको पहिलो काम प्रधानन्यायाधीशको सुनुवाई
सारांश
- काठमाडौं ।
- संसदमा संसदीय सुनुवाइ गठन भएपछि बल्ल समितिले काम शुरु गरेको छ ।
- समितिमा सबैभन्दा ज्येष्ठ सदस्य रहेका लक्ष्मणलाल कर्णको सभापतित्वमा पहिलो बैठक बसेको छ ।
काठमाडौं । संसदमा संसदीय सुनुवाइ गठन भएपछि बल्ल समितिले काम शुरु गरेको छ । समितिमा सबैभन्दा ज्येष्ठ सदस्य रहेका लक्ष्मणलाल कर्णको सभापतित्वमा पहिलो बैठक बसेको छ ।
समितिले सबैभन्दा अघि प्रधानन्यायाधीशको लागि सुनुवाइ गर्नुपर्नेछ । सर्वोच्च अदालतमा गत चैत महिनादेखि कायम मुकायम प्रधान न्यायाधीशले काम गरिरहेका छन् ।
यस अघि नै संवैधानिक परिषदले प्रधान न्यायाधीशका लागि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको नाम पठाइसकेको छ । सुनुवाइ समितिको पहिलो काम प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका जोशीको सुनुवाइ गर्नेछ ।
संघीय संसद्का दुवै सदनबाट सदस्य रहेको सुनुवाइ समितिले संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीशको सुनुवाई गर्ने भएको हो । नियुक्ति हुनुअघि व्यवस्था छ ।
सुनुवाइ समिति गठन भएसँगै रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी, राजदूत लगायतको नियुक्त गर्ने बाटो खुलेको छ ।
प्रतिक्रिया